चैत्र १६, २०८२ सोमबार | १६:०७:१३
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

आइपिएल इलिमिनेटरमा कोलकातालाई बेङलोरले दियो एक सय ३९ रनको लक्ष्य

सारजहाँ, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा सोमबार रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी) ले कोलकाता नाइट राइडर्सलाई एक सय ३९ रनको लक्ष्य दिएको छ ।

सारजहाँमा टस जितेर पहिला ब्याटिङ गरेको आरसिबीका लागि कप्तान विराट कोहलीले बनाएको ३९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । ३३ बल खेलेका कोहलीले पाँच चौका प्रहार गरेका थिए । 

पहिलो विकेटका लागि कोहलीले देवदत्त पाडिकलसँग ४९ रनको साझेदारी गरे । पाडिकलले १८ बलमा दुई चौकासहित २१ रनको योगदान गरेका थिए । 

कोलकाताका सुनिल नारिनले चार ओभरमा २१ रन खर्चिँदै चार विकेट लिएको इनिङमा आरसिबीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । 

आरसिबीका ग्लेन म्याक्सवेलले १८ बलमा एक चौकासहित १५ रन बनाए भने शाहबाज अहमदले १४ बलमा १३ रन जोडे । उनले एक चौका प्रहार गरेका थिए । कुनै पनि ब्याटरले छक्का प्रहार गर्न नसकेको इनिङमा आरसिबीका लागि दोहोरो अंकमा स्कोर गर्ने अर्का ब्याटर एबी डी भिलियर्स थिए । डी भिलियर्सले नौं बलमा एक चौकासहित ११ रन बनाए । 

कोलकाताका लागि लोकी फर्गुसनले दुई विकेट लिए । 

सारजहाँमा जारी खेलको विजेताले भोली मंगलबार हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले शुक्रबार दुबईमा हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

आइतबार भएको पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो