चैत्र १८, २०८२ बुधबार | १६:२२:५७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधामन्त्रीको घोषणा

काठमाडौं । नेपाल सरकारले विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी तीन लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रचण्डले समाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-टु को अन्तिम खेलमा बिहीबार युएईमाथि डकवर्थ लेविस पद्धतिकोआधारमा नौ रनको जित निकालेसँगै सिधै विश्वकप छनोटमा पुगेको हो ।

युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल विजयी भयो ।

नेपाल लिग टुका ३६ खेलमा ४० अंक जोड्दै तेस्रो स्थानमा रह्यो । लिग टुबाट बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

जिम्बाब्वेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, आइसिसी लिग टुका का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ छनोटका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

यसबाट शीर्ष दुई टोली भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो