माघ १८, २०८२ आइतबार | १०:३४:५१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधामन्त्रीको घोषणा

काठमाडौं । नेपाल सरकारले विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी तीन लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रचण्डले समाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-टु को अन्तिम खेलमा बिहीबार युएईमाथि डकवर्थ लेविस पद्धतिकोआधारमा नौ रनको जित निकालेसँगै सिधै विश्वकप छनोटमा पुगेको हो ।

युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल विजयी भयो ।

नेपाल लिग टुका ३६ खेलमा ४० अंक जोड्दै तेस्रो स्थानमा रह्यो । लिग टुबाट बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

जिम्बाब्वेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, आइसिसी लिग टुका का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ छनोटका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

यसबाट शीर्ष दुई टोली भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।