चैत्र ११, २०८२ बुधबार | १५:५२:०३
एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै

नेपाल सिधै विश्वकप छनोटमा

काठमाडौं ।  नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा नौं रनले पराजित गर्दै सिधैं विश्वकप छनोटमा पुगेको छ ।

  विश्वकप छनोट आगामी जुन / जुलाईमा जिम्बाब्वेमा हुनेछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविधलयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।  नेपालले खराब प्रकाशका कारण  डकवर्थ लेविस पद्धतिको आधारमा खेल जितेको हो ।

नेपालका लागि भीम सार्कीले ७६ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ६७ रन बनाए । आरिफ शेखले ६२ बलम दुई चौका मद्दतमा ५२, गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजि ५०,  कुशल भुर्तेलले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५० र दीपेन्द्रसिंह ऐरीले  अविजि १० रन जोडे ।

भिम र आरिफ शेखले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । यसैगरी भिमले चौथो विकेटका लागि कुशलसँग ६१ रनको साझेदारी गरेका थिए ।

युएईका लागि जुनैद सिद्धिकीले तीन  आयन अफ्जल खाले दुई तथा जाहुर खाले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय १० रनको योगफल तयार पारेको थियो ।

युएईका लागि विस्पोटक ब्याटिङ गरेका आसिफ खानले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतमा अविजित एक सय एक रन जोडे । यसैगरी वृत्य अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ९४, कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६३ र रोहन मुस्ताफाले २० रन बनाए ।

छैटो विकेटका लागि खान र अरविन्दले एक सय ३५ तथा दोस्रो विकेटका लागि अरविन्द र वसिमले ७९ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दिप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

यस जितसँगै नेपालल लिग टुका ३७ खेलबाट ४० अंक जोड्दै तेस्रो स्थान पक्का गरेको छ । नेपालले चौथो स्थानको नामिबियालाई एक अंककले पछि पारेको हो ।

पराजय ब्यहोरेको युएई भने समान खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा रह्यो । लिग टुमा सात राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

लिग टुमा  शीर्ष स्कटल्यान्डको ५० र दोस्रो स्थानको ओमानको ४४ अंक छ र दुवै टोलीले विश्वकप छनोटको टिकट पक्का गरिसकेका छन । छैटौं स्थानको युएईको ३५ खेलमा ३३ अंक रहेको छ । पाँचौं स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक र सातौं स्थानको पपुवा न्युगिनीको ३६ खेलमा ११ अंक रहेको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो