माघ ११, २०८२ आइतबार | ०६:३६:०१
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

नेपाल सिधै विश्वकप छनोटमा

काठमाडौं ।  नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा नौं रनले पराजित गर्दै सिधैं विश्वकप छनोटमा पुगेको छ ।

  विश्वकप छनोट आगामी जुन / जुलाईमा जिम्बाब्वेमा हुनेछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविधलयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।  नेपालले खराब प्रकाशका कारण  डकवर्थ लेविस पद्धतिको आधारमा खेल जितेको हो ।

नेपालका लागि भीम सार्कीले ७६ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ६७ रन बनाए । आरिफ शेखले ६२ बलम दुई चौका मद्दतमा ५२, गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजि ५०,  कुशल भुर्तेलले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५० र दीपेन्द्रसिंह ऐरीले  अविजि १० रन जोडे ।

भिम र आरिफ शेखले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । यसैगरी भिमले चौथो विकेटका लागि कुशलसँग ६१ रनको साझेदारी गरेका थिए ।

युएईका लागि जुनैद सिद्धिकीले तीन  आयन अफ्जल खाले दुई तथा जाहुर खाले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय १० रनको योगफल तयार पारेको थियो ।

युएईका लागि विस्पोटक ब्याटिङ गरेका आसिफ खानले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतमा अविजित एक सय एक रन जोडे । यसैगरी वृत्य अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ९४, कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६३ र रोहन मुस्ताफाले २० रन बनाए ।

छैटो विकेटका लागि खान र अरविन्दले एक सय ३५ तथा दोस्रो विकेटका लागि अरविन्द र वसिमले ७९ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दिप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

यस जितसँगै नेपालल लिग टुका ३७ खेलबाट ४० अंक जोड्दै तेस्रो स्थान पक्का गरेको छ । नेपालले चौथो स्थानको नामिबियालाई एक अंककले पछि पारेको हो ।

पराजय ब्यहोरेको युएई भने समान खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा रह्यो । लिग टुमा सात राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

लिग टुमा  शीर्ष स्कटल्यान्डको ५० र दोस्रो स्थानको ओमानको ४४ अंक छ र दुवै टोलीले विश्वकप छनोटको टिकट पक्का गरिसकेका छन । छैटौं स्थानको युएईको ३५ खेलमा ३३ अंक रहेको छ । पाँचौं स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक र सातौं स्थानको पपुवा न्युगिनीको ३६ खेलमा ११ अंक रहेको छ ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate