चैत्र ९, २०८२ सोमबार | ०८:४३:५०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

टाइगर कपः न्यु डाइमन्ड र एपिएफको विजय सुरुआत

काठमाडौं । न्यु डाइमन्ड स्पोर्टस् क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिसलाई हराउँदै टाइगर कप महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको विजय सुरुआत गरेको छ ।

पोखरा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा न्यु डाइमन्डले आर्मीलाई ३–१ को सेटमा हरायो ।

आर्मीमाथि न्यु डाइमन्डले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ मा सहज जित निकाल्दा तेस्रो सेटमा भने  १३–२५ ले आर्मीलाई नतिजा सुम्पियो । तर, चौंथो सेटमा २५–१७ ले पराजित गर्दै न्यु डाइमन्डले जित निश्चित गर्यो ।

न्यु डाइमन्डको टोलीमा यसपटक राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, क्लबकी पहिलो रोजाइकी ओपन स्पाइकर झरना श्रेष्ठ र सेटर प्रतिक्षा गुरूङबिनै कोर्टमा उत्रिएको थियो । अरुणा यसपटक आयोजक टाइगर ग्रुप पोखराको प्रतिनिधित्व गर्दैछिन् ।

सोमबारै भएको महिलातर्फको दोस्रो खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा हराउँदै गतवर्षको हारको बदला लिएको छ । गत संस्करणको फाइनलमा पुलिसले एपिएफलाई स्तब्ध पार्दै उपाधि उचालेको थियो ।

प्रतिस्पर्धात्मक चलेको खेलमा एपिएफले लगातार पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१८ ले जित्यो । तर तेस्रो सेट पुलिसले २३–२५ ले आफ्नो पक्षमा बनायो । एपिएफले चौंथो सेट २५–२३ ले जित्दै प्रतियोगितामा विजयी सुरूआत गर्यो ।

प्रतियोगिताको पुरुषतर्फको पहिलो खेल हेल्प नेपाल र नेपाल पुलिसबीच हुँदैछ । आजको उद्घाटन खेलमा साबिक विजेता गण्डकी प्रदेश र एपिएफबीच हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो