माघ १७, २०८२ शनिबार | ०७:५०:०४
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

टाइगर कपः न्यु डाइमन्ड र एपिएफको विजय सुरुआत

काठमाडौं । न्यु डाइमन्ड स्पोर्टस् क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिसलाई हराउँदै टाइगर कप महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको विजय सुरुआत गरेको छ ।

पोखरा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा न्यु डाइमन्डले आर्मीलाई ३–१ को सेटमा हरायो ।

आर्मीमाथि न्यु डाइमन्डले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ मा सहज जित निकाल्दा तेस्रो सेटमा भने  १३–२५ ले आर्मीलाई नतिजा सुम्पियो । तर, चौंथो सेटमा २५–१७ ले पराजित गर्दै न्यु डाइमन्डले जित निश्चित गर्यो ।

न्यु डाइमन्डको टोलीमा यसपटक राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, क्लबकी पहिलो रोजाइकी ओपन स्पाइकर झरना श्रेष्ठ र सेटर प्रतिक्षा गुरूङबिनै कोर्टमा उत्रिएको थियो । अरुणा यसपटक आयोजक टाइगर ग्रुप पोखराको प्रतिनिधित्व गर्दैछिन् ।

सोमबारै भएको महिलातर्फको दोस्रो खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा हराउँदै गतवर्षको हारको बदला लिएको छ । गत संस्करणको फाइनलमा पुलिसले एपिएफलाई स्तब्ध पार्दै उपाधि उचालेको थियो ।

प्रतिस्पर्धात्मक चलेको खेलमा एपिएफले लगातार पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१८ ले जित्यो । तर तेस्रो सेट पुलिसले २३–२५ ले आफ्नो पक्षमा बनायो । एपिएफले चौंथो सेट २५–२३ ले जित्दै प्रतियोगितामा विजयी सुरूआत गर्यो ।

प्रतियोगिताको पुरुषतर्फको पहिलो खेल हेल्प नेपाल र नेपाल पुलिसबीच हुँदैछ । आजको उद्घाटन खेलमा साबिक विजेता गण्डकी प्रदेश र एपिएफबीच हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।