चैत्र ६, २०८२ शुक्रबार | ०२:२५:३८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

अन्तरप्रदेश खेलकुदः भलिबलमा सेमिफाइनल समिकरण पूरा

चितवन ।  प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलमा महिला तथा पुरुष दुवैतर्फ सेमिफाइनल समिकरण पूरा गरेको छ ।

महिलातर्फ लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरे ।

बुधबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-१६, २५-९ ले हरायो ।

कर्णाली मधेशलाई २५-२०, २५-१०,२५-१९ तथा गण्डकीले कोशीलाई २५-१८, २५-२३,२५-२२ ले पराजित गरे ।

सेमिफाइनलमा लुम्बिनी प्रदेशले गण्डकी तथा बागमतीले कर्णाली प्रदेशको सामना गर्नेछन् ।

पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पुरुषतर्फको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई २५-९, २५-१३, २५-१९ ले हरायो हरायो ।

कोशीले सुदूरपश्चिममाथि २५-२०, २०-२५, १७-२५, २५-१८, १५-१३ को जित निकाल्यो । गण्डकीले कर्णालीलाई २१-२५, २५-११, २३-२५, २५-१६,१५-१३ ले पराजित गर्यो । 

बिहीबार हुने पुरुषतर्फको सेमिफाइनल खेलमा कोशीले कर्णाली तथा गण्डकीले सुदूरपश्चिमको सामना गर्नेछन् ।

पुरुष क्रिकेटः गण्डकी र कर्णालीको जित

पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेका छन् । बुधबार भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३२ रनले हरायो।


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०२ मात्र बनाउन सक्यो ।

बगमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी   शुभ कन्सकार र तिलकराज भण्डारीले समान ३७ तथा उत्तम थापामगरले २५ रन जोडे ।

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान दुई विकेट लिए  ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे ।

दीपकले ७५ र अर्जुनले ५५ रनको योगादन गरे ।  सन्दीप खत्रीले २७ र करनले २४ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले समान एक विकेट लिए ।

आज नै भएको दोस्रो खेलमा कर्णालीले कोशीमाथि १० रनको जित निकाल्यो ।

महिला फुटबलः मधेस प्रदेशलाई हराउँदै कोशी फाइनलमा

महिला फुटबलमा  बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० ले हराउँदै कोशी फाइनल प्रवेश गरेका छ ।

भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राइले १७ र ६२औं मिनेटमा गोल गरिन् ।

अब कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ ।

ब्यामिन्टन

ब्याडमिन्टनको सिंगल्सतर्फ पुरुषमा बागमतीका राजु थापा र महिलामा कोशीकी सिमा राजवंशी, डबल्सको पुरुषमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण पदक जिते ।

मिक्स डबल्समा कोशीका विशाल तामाङ र सिमा राजवंशीको जोडी पहिलो भए । टिम इभेन्टको पुरुष/ महिला दुवैमा कोशी स्वर्ण जित्न सफल भयो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो