पुस १७, २०८२ शुक्रबार | २२:५०:५९
एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर

अन्तरप्रदेश खेलकुदः भलिबलमा सेमिफाइनल समिकरण पूरा

चितवन ।  प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलमा महिला तथा पुरुष दुवैतर्फ सेमिफाइनल समिकरण पूरा गरेको छ ।

महिलातर्फ लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरे ।

बुधबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-१६, २५-९ ले हरायो ।

कर्णाली मधेशलाई २५-२०, २५-१०,२५-१९ तथा गण्डकीले कोशीलाई २५-१८, २५-२३,२५-२२ ले पराजित गरे ।

सेमिफाइनलमा लुम्बिनी प्रदेशले गण्डकी तथा बागमतीले कर्णाली प्रदेशको सामना गर्नेछन् ।

पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पुरुषतर्फको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई २५-९, २५-१३, २५-१९ ले हरायो हरायो ।

कोशीले सुदूरपश्चिममाथि २५-२०, २०-२५, १७-२५, २५-१८, १५-१३ को जित निकाल्यो । गण्डकीले कर्णालीलाई २१-२५, २५-११, २३-२५, २५-१६,१५-१३ ले पराजित गर्यो । 

बिहीबार हुने पुरुषतर्फको सेमिफाइनल खेलमा कोशीले कर्णाली तथा गण्डकीले सुदूरपश्चिमको सामना गर्नेछन् ।

पुरुष क्रिकेटः गण्डकी र कर्णालीको जित

पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेका छन् । बुधबार भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३२ रनले हरायो।


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०२ मात्र बनाउन सक्यो ।

बगमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी   शुभ कन्सकार र तिलकराज भण्डारीले समान ३७ तथा उत्तम थापामगरले २५ रन जोडे ।

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान दुई विकेट लिए  ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे ।

दीपकले ७५ र अर्जुनले ५५ रनको योगादन गरे ।  सन्दीप खत्रीले २७ र करनले २४ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले समान एक विकेट लिए ।

आज नै भएको दोस्रो खेलमा कर्णालीले कोशीमाथि १० रनको जित निकाल्यो ।

महिला फुटबलः मधेस प्रदेशलाई हराउँदै कोशी फाइनलमा

महिला फुटबलमा  बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० ले हराउँदै कोशी फाइनल प्रवेश गरेका छ ।

भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राइले १७ र ६२औं मिनेटमा गोल गरिन् ।

अब कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ ।

ब्यामिन्टन

ब्याडमिन्टनको सिंगल्सतर्फ पुरुषमा बागमतीका राजु थापा र महिलामा कोशीकी सिमा राजवंशी, डबल्सको पुरुषमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण पदक जिते ।

मिक्स डबल्समा कोशीका विशाल तामाङ र सिमा राजवंशीको जोडी पहिलो भए । टिम इभेन्टको पुरुष/ महिला दुवैमा कोशी स्वर्ण जित्न सफल भयो ।
 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC