माघ १०, २०८२ शनिबार | ०३:५१:०९
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

मेयर कपमा बिपिन र बिनितालाई स्पर्ण

काठमाडौं, (खेलाडी)- विपिनराज श्रेष्ठ र विनिता श्रेष्ठले प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । 

नेपाल सितोरियो कराँते संघको सहयोगमा शंखधर डोजोद्धारा आयोजित प्रतियोगिताको खुल्ला तौल समूहमा लगनखेलका विपिन र महिलामा लैनचौरकी विनिताले स्वर्ण पदक जितेका हुन् ।

मध्यपुर थिमी नगरपालिकाको बोडेमा रहेको कुमारी पार्टीमा आज भएको फाइनल खेलमा विपिनले चन्द्रागिरीका जेनिम महर्जन र विनिताले नरहरीपुरकी श्रद्धा थापालाई पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाए । 

यसैगरी मन्थलीका दिक्षित थापा र रामेछापका विमल सिंजाली मगर तथा महिलामा विष्णुदेवी डोजोकी कोपिला लिम्बु र मध्यपुर थिमिकी रितिसा श्रेष्ठ कांस्य पदकमा सिमित भए । 

आजै भएको अर्काे खेलमा पुरुष ३० केजीतर्फ बौद्ध डोजोका प्रभात मगरले विष्णुदेवी डोजोका सोनम लामालाई हराउदै स्वर्ण पदक हात पारे भने मध्यपुर डोजोका कृष ग्वाचा र घण्टाघर डोजोका एवन गहतराजले कांस्य पदक जिते । 

सोही ताैल समूहको महिलातर्फ अनु मोक्तानले प्रमिला पाख्रिनलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । 

पुरुष ३५ केजीमा विष्णुदेवी डोजोका सन्देश लामाले नरहरीपुर डोजोका ओम ठाकुरलाई पन्छाउँदै स्वर्ण पदक हात पारे । सोही स्पर्धामा महिलातर्फ इचंगुकी सोनम शेर्पाले मन्थलीकी आकृति सेवालाई हराउँदै प्रथम स्थान हासिल गरिन् । 

यसैगरी पुरुष ४० केजीमा इचंगुका शेभेन श्रेष्ठले विष्णुदेवी डोजोका राकेश मानन्धरलाई पराजित गरे । भने महिलातर्फ चन्द्रगिरीकी स्वस्तिका केसीले गोर्कणेश्वरकी इशा वाइवालाई हराउँदै स्वर्ण पदक जितिन् । 

प्रतियोगितामा पुरुष ४५ केजीमा मन्थलीका रोशन खातीले विष्णुदेवी डोजोका सुनिल ठगुन्नालाई हराए भने महिलातर्फ चन्द्रगिरीकी अञ्जली महर्जनले इचंङगुकी भूमिका बस्नेतलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । 

पुरुष ५० केजीमा बौद्ध डोजोका बुद्ध मोक्तान र महिलातर्फ वादोकाईकी विनिता चपाईँले स्वर्ण पदक जिते । पुरुष ६० केजीमा सन्तोष श्रेष्ठ र महिलामा लैनचौरकी रोपजना दुगेलरले स्वर्ण पदक हात पारे । 

यसैगरी पुरुष ५५ देखि ६० केजी किक बक्सिङमा सन्देश बास्कोटाले लगनखेलका रोहितलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । भने महिलामा विष्णुदेवी डोजोकी कोपिला लिम्बुले अस्मिता तामाङलाई पन्छाउद स्वर्ण पदक जितिन् । 

पुरुष ५५ केजीतर्फ एकित गुरुङ र महिलातर्फ नहरीपुरकी सृजना मरहट्ठाले स्वर्ण पदक जिते । 

मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ४ सय ७४ खेलाडीहरुले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारे ।  

साथै कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गरेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate