माघ १८, २०८२ आइतबार | ११:४६:५५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

राष्ट्रिय खेलकुदको करातेमा पुलिसको दबदबा

पोखरा । नेपाल प्रहरीले मंगलबार दुई थप स्वर्ण पदक जित्दै नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा आफ्नो दबदबा कायम राखेको छ ।

पर्वतको कुस्मामा जारी प्रतियोगितामा मंगलबार पुलिसका लागि महिला ४५ केजीमा सविना श्रेष्ठ तथा महिला ५० केजीमा जिया कार्कीले स्वर्ण पदक जिते ।

सविनाले स्वर्ण जितेको स्पर्धामा प्रदेश एककी गायत्री बलम्पाकीले रजत तथा सुदूरपश्चिमका वर्षा साउद र कर्णालीकी एलिसा रास्कोटीले कांस्य पदकमा चित्त बुझाए ।

त्यस्तै महिला ५० केजीमा लुम्बिनीकी वर्षा बुढा मगरले रजत, सुदूरपश्चिमकी गरिमाकुमारी मल्ल र एपिएफकी एलिना बिकले कांस्य पदकमा नाम लेखाए ।

मंगलबारै भएको पुरुष ५० केजीको स्पर्धामा सुदूरपश्चिमका आनन्द कार्कीले स्वर्ण, बागमतीका अनिल उपरकोटीले रजत तथा पुलिसका साजन मोक्तान र गण्डकीका बुद्ध लामाले कांस्य पदक जिते ।

पुरुष ५५ केजीमा एपिएफका विजय श्रेष्ठले स्वर्ण, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका राकेश लामाले रजत तथा सुदूरपश्चिमका प्रदीप बैजाली मगर र प्रदेश एकका अनिष मण्डलले कांस्य पदक हात पारे ।

मंगलबारसम्म नेपाल पुलिस क्लबले ९ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको थियो । एपिएफले चार स्वर्ण, एक रजत र ६ कांस्य, आर्मीले दुई स्वर्ण र ६ रजत, बागमतीले एक स्वर्ण, दुई रजत र तीन कांस्य, सुदूरपश्चिमले एक स्वर्ण र पाँच कांस्य, गण्डकीले दुई रजत र तीन कांस्य, प्रदेश एकले तीन रजत र ६ कांस्य, लुम्बिनीले एक रजत र तीन कांस्य तथा कर्णालीले दुई र मधेषले एक कांस्य पदक जितेका थिए ।

करातेका कुल १९ स्वर्ण पदकमध्ये १७ वटाको छिनोफानो भइसकेको छ । महिला र पुरुषको टिम कुमुतेको प्रतिस्पर्धा बुधबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।