चैत्र १२, २०८२ बिहीबार | २०:०६:१९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय खेलकुदको करातेमा पुलिसको दबदबा

पोखरा । नेपाल प्रहरीले मंगलबार दुई थप स्वर्ण पदक जित्दै नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा आफ्नो दबदबा कायम राखेको छ ।

पर्वतको कुस्मामा जारी प्रतियोगितामा मंगलबार पुलिसका लागि महिला ४५ केजीमा सविना श्रेष्ठ तथा महिला ५० केजीमा जिया कार्कीले स्वर्ण पदक जिते ।

सविनाले स्वर्ण जितेको स्पर्धामा प्रदेश एककी गायत्री बलम्पाकीले रजत तथा सुदूरपश्चिमका वर्षा साउद र कर्णालीकी एलिसा रास्कोटीले कांस्य पदकमा चित्त बुझाए ।

त्यस्तै महिला ५० केजीमा लुम्बिनीकी वर्षा बुढा मगरले रजत, सुदूरपश्चिमकी गरिमाकुमारी मल्ल र एपिएफकी एलिना बिकले कांस्य पदकमा नाम लेखाए ।

मंगलबारै भएको पुरुष ५० केजीको स्पर्धामा सुदूरपश्चिमका आनन्द कार्कीले स्वर्ण, बागमतीका अनिल उपरकोटीले रजत तथा पुलिसका साजन मोक्तान र गण्डकीका बुद्ध लामाले कांस्य पदक जिते ।

पुरुष ५५ केजीमा एपिएफका विजय श्रेष्ठले स्वर्ण, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका राकेश लामाले रजत तथा सुदूरपश्चिमका प्रदीप बैजाली मगर र प्रदेश एकका अनिष मण्डलले कांस्य पदक हात पारे ।

मंगलबारसम्म नेपाल पुलिस क्लबले ९ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको थियो । एपिएफले चार स्वर्ण, एक रजत र ६ कांस्य, आर्मीले दुई स्वर्ण र ६ रजत, बागमतीले एक स्वर्ण, दुई रजत र तीन कांस्य, सुदूरपश्चिमले एक स्वर्ण र पाँच कांस्य, गण्डकीले दुई रजत र तीन कांस्य, प्रदेश एकले तीन रजत र ६ कांस्य, लुम्बिनीले एक रजत र तीन कांस्य तथा कर्णालीले दुई र मधेषले एक कांस्य पदक जितेका थिए ।

करातेका कुल १९ स्वर्ण पदकमध्ये १७ वटाको छिनोफानो भइसकेको छ । महिला र पुरुषको टिम कुमुतेको प्रतिस्पर्धा बुधबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो