चैत्र १४, २०८२ शनिबार | २१:००:०८
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

पहिलो दिन पुलिसलाई सतप्रतिसत सफलता

एकल तथा टिम कातामा गरि दोहोरो स्वर्ण पदक विजेता नेपाल पुलिसकी एलिसा रास्कोटी ।

काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार प्रतिस्पर्धा भएका सबै ५ स्पर्धामा स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम कातामास्वर्ण पदक जितेको छ  ।

महिला ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले फाइनलमा एपिएफकी दीपा लामालाई ६-२ को स्कोरमा हराएर स्वर्ण पदक जित्दा कोसी प्रदेशकी स्मृति चौधरी र मधेश प्रदेशकी प्रोशिया चौधरीले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी एलिसा रास्कोटीले महिला एकल कातामा स्वर्ण पदक जित्दा पुरुषतर्फ स्वर्णिम मानन्धरले पहिलो स्थान हासिल गरे ।

एलिसासँगै तप्पी थापा मगर र मेघा लिम्बुको टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । नेपाली सेनाका रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङको टिमले रजत पदक हात पार्यो । बागमती प्रदेश र एपिएफले कांस्य पदकमा चित्त बुझाए ।

पुरुष टिम कातामा पुलिसकै स्वर्णिम, फुर्तेन तामाङ र जगतसिंह धानुकको टिमले सेनालाई नै निराश पार्दै स्वर्ण जित्यो । यहाँ पनि एपिएफ र बागमती प्रदेशले कांस्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा बिहीबार सुरु भएर शनिबारसम्म चल्ने प्रतियोगितालाई  गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको प्राविधिक सहयोग छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०, ५५, ६१, ६८, ६८ केजी माथि, एकल काता र टिम काता तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५-८४, ८४ केजी माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेश र ३ विभागीय टोलीका गरि २ सय ४०  प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगिताको च्याम्पियनले एक लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट घोषित हुने महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटको हैसियत बोकेको प्रतियोगिताको बिहीबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो