माघ १६, २०८२ शुक्रबार | १५:४३:०१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

पहिलो दिन पुलिसलाई सतप्रतिसत सफलता

एकल तथा टिम कातामा गरि दोहोरो स्वर्ण पदक विजेता नेपाल पुलिसकी एलिसा रास्कोटी ।

काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार प्रतिस्पर्धा भएका सबै ५ स्पर्धामा स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम कातामास्वर्ण पदक जितेको छ  ।

महिला ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले फाइनलमा एपिएफकी दीपा लामालाई ६-२ को स्कोरमा हराएर स्वर्ण पदक जित्दा कोसी प्रदेशकी स्मृति चौधरी र मधेश प्रदेशकी प्रोशिया चौधरीले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी एलिसा रास्कोटीले महिला एकल कातामा स्वर्ण पदक जित्दा पुरुषतर्फ स्वर्णिम मानन्धरले पहिलो स्थान हासिल गरे ।

एलिसासँगै तप्पी थापा मगर र मेघा लिम्बुको टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । नेपाली सेनाका रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङको टिमले रजत पदक हात पार्यो । बागमती प्रदेश र एपिएफले कांस्य पदकमा चित्त बुझाए ।

पुरुष टिम कातामा पुलिसकै स्वर्णिम, फुर्तेन तामाङ र जगतसिंह धानुकको टिमले सेनालाई नै निराश पार्दै स्वर्ण जित्यो । यहाँ पनि एपिएफ र बागमती प्रदेशले कांस्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा बिहीबार सुरु भएर शनिबारसम्म चल्ने प्रतियोगितालाई  गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको प्राविधिक सहयोग छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०, ५५, ६१, ६८, ६८ केजी माथि, एकल काता र टिम काता तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५-८४, ८४ केजी माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेश र ३ विभागीय टोलीका गरि २ सय ४०  प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगिताको च्याम्पियनले एक लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट घोषित हुने महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटको हैसियत बोकेको प्रतियोगिताको बिहीबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।