माघ ८, २०८२ बिहीबार | १३:०५:३८
नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित

दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबारदेखि सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिमा क्याडेट, जुनियर, यू २१ र सिनियरतर्फ प्रतिस्पर्धा हुनेछ । दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्वकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरी २ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा भारतबाट सबैभन्दा बढी ६४ खेलाडी, नेपालबाट ६२, श्रीलंकाबाट ४३, बंगलादेश र पाकिस्तानबाट समान ३३ र भुटानबाट दुई खेलाडी सहभागी छन् । 

६२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा सिनियर कुमुतेमा महिलातर्फ ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजीमाथिमा तथा पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै टिम कुमुते महिला र पुरुषको प्रतिस्पर्धा पनि समावेश गरिएको छ । सिनियरको महिला र पुरुष एकल काता तथा टिम काता हुनेछन् ।

१४/१५ वर्ष महिला र पुरुषमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी, ७६ केजी मुनी र ७६ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै १६/१७ वर्ष उमेर समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ७६ केजी मुनी र ७६ केजी माथि तौल समूहमा समावेश गरिएको छ ।

यु २१ (१८ देखि २० वर्ष) समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी १४ देखि १७ वर्ष उमेर समूहको महिला र पुरुषको टिम काता पनि समावेश गरिएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate