चैत्र ५, २०८२ बिहीबार | ०९:४३:१९
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबारदेखि सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिमा क्याडेट, जुनियर, यू २१ र सिनियरतर्फ प्रतिस्पर्धा हुनेछ । दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्वकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरी २ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा भारतबाट सबैभन्दा बढी ६४ खेलाडी, नेपालबाट ६२, श्रीलंकाबाट ४३, बंगलादेश र पाकिस्तानबाट समान ३३ र भुटानबाट दुई खेलाडी सहभागी छन् । 

६२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा सिनियर कुमुतेमा महिलातर्फ ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजीमाथिमा तथा पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै टिम कुमुते महिला र पुरुषको प्रतिस्पर्धा पनि समावेश गरिएको छ । सिनियरको महिला र पुरुष एकल काता तथा टिम काता हुनेछन् ।

१४/१५ वर्ष महिला र पुरुषमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी, ७६ केजी मुनी र ७६ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै १६/१७ वर्ष उमेर समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ७६ केजी मुनी र ७६ केजी माथि तौल समूहमा समावेश गरिएको छ ।

यु २१ (१८ देखि २० वर्ष) समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी १४ देखि १७ वर्ष उमेर समूहको महिला र पुरुषको टिम काता पनि समावेश गरिएको छ । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं