काठमाडौं । छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
स्किब्स स्कुलको आयोजनामा हुने प्रतियोगितामा सिनियर–जुनियर छात्र र छात्रा र कर्मचारी गरी कुल ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले जानकारी दिए ।
सिनियर छात्रमा २४, जुनियर छात्र र कर्मचारी ८–८ तथा छात्रामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर छात्रमा होप भ्याली, जुनियर छात्रमा एन्जल्स हार्ट र छात्रामा निम्स डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगितामा कर्मचारी विधा पहिलो पटक समावेश गरिएको हो । यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपैंया प्राप्त गर्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
