माघ १८, २०८२ आइतबार | ००:०४:४१
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

अक्षरा कपः तीन वटै विधामा भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार तीन वटै विधामा च्याम्पियन बनेको छ ।

 भ्याली पब्लिक सिनियर ब्वाइज, सिनियर गर्ल्स र मिक्स जुनियरमा च्याम्पियन बनेको हो ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा भ्याली पब्लिकले अक्षरिकालाई ६५-६४ ले पराजित गर्यो । भ्याली पब्लिकका सुनिल पौडेलले ३६ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले नेमोनिकलाई ५०-१५ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले १० अंक जोडिन् । मिक्स जुनियरमा भ्याली पब्लिकले आलोक विद्याश्रमलाई ३८-१० ले स्तब्ध बनायो ।  भ्याली पब्लिकका विशाल परियारले २० अंक बटुले ।

विशाल परियार

सिनियर ब्वाइजमा सुनिल पौडेल, सिनियर गर्ल्समा अनिता गुरुङ र मिक्स जुनियरमा विशाल परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तीनै भ्याली पब्लिकका हुन् । 

सिनियर ब्वाइजमा अक्षरिकाका आर्यन श्रेष्ठ, सिनियर गर्ल्समा नेमोनिककी शान्ति तामाङ र मिक्स जुनियरमा आलोक विद्याश्रमका सार्थक सिग्देल सर्वाधिक स्कोरकर्ता बने ।

यसैगरी सिनियर ब्वाइजमा गेटवे एकेडेमीका सन्दिप सिवाकोटी, सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुलकी दावा शेर्पा र मिक्स जुनियरमा अक्षराका रुविन महत उदीयमान खेलाडी चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, अक्षराकी निर्देशक अन्जु भट्टराई, अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चन, डा. राजु अधिकारीलगायतले पुरस्कृत गरे । 

माघ १६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान १६ तथा मिक्स जुनियरमा १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।