चैत्र १३, २०८२ शुक्रबार | ११:२८:२२
हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल

अक्षरा कपः तीन वटै विधामा भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार तीन वटै विधामा च्याम्पियन बनेको छ ।

 भ्याली पब्लिक सिनियर ब्वाइज, सिनियर गर्ल्स र मिक्स जुनियरमा च्याम्पियन बनेको हो ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा भ्याली पब्लिकले अक्षरिकालाई ६५-६४ ले पराजित गर्यो । भ्याली पब्लिकका सुनिल पौडेलले ३६ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले नेमोनिकलाई ५०-१५ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले १० अंक जोडिन् । मिक्स जुनियरमा भ्याली पब्लिकले आलोक विद्याश्रमलाई ३८-१० ले स्तब्ध बनायो ।  भ्याली पब्लिकका विशाल परियारले २० अंक बटुले ।

विशाल परियार

सिनियर ब्वाइजमा सुनिल पौडेल, सिनियर गर्ल्समा अनिता गुरुङ र मिक्स जुनियरमा विशाल परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तीनै भ्याली पब्लिकका हुन् । 

सिनियर ब्वाइजमा अक्षरिकाका आर्यन श्रेष्ठ, सिनियर गर्ल्समा नेमोनिककी शान्ति तामाङ र मिक्स जुनियरमा आलोक विद्याश्रमका सार्थक सिग्देल सर्वाधिक स्कोरकर्ता बने ।

यसैगरी सिनियर ब्वाइजमा गेटवे एकेडेमीका सन्दिप सिवाकोटी, सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुलकी दावा शेर्पा र मिक्स जुनियरमा अक्षराका रुविन महत उदीयमान खेलाडी चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, अक्षराकी निर्देशक अन्जु भट्टराई, अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चन, डा. राजु अधिकारीलगायतले पुरस्कृत गरे । 

माघ १६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान १६ तथा मिक्स जुनियरमा १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो