माघ १९, २०८२ सोमबार | ०१:३२:४०
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

केएमसी अन्तरविद्यालय बास्केटबलः जेनिथ, ज्ञान निकेतन र एनसिसीए च्याम्पियन

तेश्रो केएमसी बास्केटबल उपाधि विजेता टोली

काठमाडौं । जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसिसीएस सिनियर गर्ल्सतर्फ च्याम्पियन बने । 

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१-३८ ले पराजित गरेको हो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे ।

जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई ३०-२६ ले हरायो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसीएसले इनोभेटिभमाथि २९-२० को जित दर्ता गर्यो। एनसिसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गर्ल्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

यसैगरी  सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआइएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा.मेनाजकुमार थापा लगायतले  पुरस्कृत गरे ।

भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्ससमा समान आठ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।