माघ १८, २०८२ आइतबार | ११:१३:१६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रथम ललितपुर मेयर कप मंसिर पहिलो साता

ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा मंसिर पहिलो साताबाट प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

मंसिर ७ गते देखी १० गते सम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुला) गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव रदीप महर्जनले जानकारी गराएका छन् । बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार संचालन हुने प्रतियोगितामा करिव तीन सय खेलाडीको सहभागिता रहने सचिव महर्जनले बताए ।

करिव २१ लाख ५० हजारको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजयी खेलाडीहरुले नगद ४० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजयी खेलाडीहरुले २० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफी तथा तेस्रो स्थानका खेलाडीहरुले नगद १० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । 

यस्तै यु–१७ छात्र तथा छात्रा र भेट्रान्स ४५ बर्ष माथिको युगल तर्फका शीर्ष तीन स्थानका विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र ट्रफीका साथै नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजना हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।