चैत्र १२, २०८२ बिहीबार | १९:४५:५२
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

प्रिन्स र साजनकृष्ण क्वार्टरफाइनलमा

काठमाडाैं । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिताको पुरुष एकलमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१ र २१–१५ को सेटमा पराजित गरे । अन्य खेलमा एपीएफका दीपेश धामीले १६ फेडर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४ र २१–९, आर्मीका प्रफुल महर्जनले १६ फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६ र २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९ र २१–१९ ले हराउदै क्वाटरफाइनलमा पुगे । आर्मीका पविन लिङथेबले प्रहरीका जीवन आचार्यबाट वाकओभर पाउदै क्वार्टरफाइनलमा पुग्न सफल भए ।

महिला एकलमा आर्मीकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५ र २१–१३, एपीएफकी सुनैना मुखियाँले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११ र २१–६, प्रहरीकी निता लम्सालले काठमाडौं ब्याड्मिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बुलाई २१–९ र २१–५, एपीएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७ र २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६ र २१–७ को सोझो सेटमा पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकी अमिता गिरीले बीबीएकी रोजी राईबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुगिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको यु–१९ पुरुष एकलमा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वार्टरफाइनमा पुगे ।

उक्त स्पर्धाको महिलामा पाल्पाकी सुष्मा बुढा, आर्मीकी प्रेक्षा राई, बुटवलकी प्रतिष्ठा अर्याल, कञ्चनपुरकी विस्ना विष्ट, आर्मीकी प्रार्थना देउवा, केबीएकी एन्जल लिम्बू र कञ्चनपुरकी निलिमा महरा आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा पुग्न सफल भए ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसी, देवीनगर ब्याडमिन्टन क्लबका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, ललितपुरका सौर्य महर्जन, उदयपुरका रुमुहाङ राई, १६ फेडेर एकेडेमीका आरुष सिम्खडा, १६ फेडेर एकेडेमीका कृष नेपाल र एनआरएनका साहिल चन्द क्वार्टरफाइनलमा पुगे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो