माघ ५, २०८२ सोमबार | २०:५७:५९
एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी

प्रिन्स र साजनकृष्ण क्वार्टरफाइनलमा

काठमाडाैं । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिताको पुरुष एकलमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१ र २१–१५ को सेटमा पराजित गरे । अन्य खेलमा एपीएफका दीपेश धामीले १६ फेडर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४ र २१–९, आर्मीका प्रफुल महर्जनले १६ फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६ र २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९ र २१–१९ ले हराउदै क्वाटरफाइनलमा पुगे । आर्मीका पविन लिङथेबले प्रहरीका जीवन आचार्यबाट वाकओभर पाउदै क्वार्टरफाइनलमा पुग्न सफल भए ।

महिला एकलमा आर्मीकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५ र २१–१३, एपीएफकी सुनैना मुखियाँले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११ र २१–६, प्रहरीकी निता लम्सालले काठमाडौं ब्याड्मिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बुलाई २१–९ र २१–५, एपीएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७ र २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६ र २१–७ को सोझो सेटमा पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकी अमिता गिरीले बीबीएकी रोजी राईबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुगिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको यु–१९ पुरुष एकलमा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वार्टरफाइनमा पुगे ।

उक्त स्पर्धाको महिलामा पाल्पाकी सुष्मा बुढा, आर्मीकी प्रेक्षा राई, बुटवलकी प्रतिष्ठा अर्याल, कञ्चनपुरकी विस्ना विष्ट, आर्मीकी प्रार्थना देउवा, केबीएकी एन्जल लिम्बू र कञ्चनपुरकी निलिमा महरा आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा पुग्न सफल भए ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसी, देवीनगर ब्याडमिन्टन क्लबका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, ललितपुरका सौर्य महर्जन, उदयपुरका रुमुहाङ राई, १६ फेडेर एकेडेमीका आरुष सिम्खडा, १६ फेडेर एकेडेमीका कृष नेपाल र एनआरएनका साहिल चन्द क्वार्टरफाइनलमा पुगे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate