चैत्र ६, २०८२ शुक्रबार | १६:२१:५६
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

प्रिन्स लगातार चौथो पटक च्याम्पियन

काठमाडौं ।एपिएफ क्लबका दाहालले चौथो पटक पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् ।

१३औं संस्करणको शनिबार भएको फाइनलमा शीर्ष आठतर्फको पुरुष एकलमा प्रिन्सले ललितपुरका प्रफुल महर्जन माथि २१-१८, २२-२० को जित निकाले । 
एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी तेस्रो स्थानमा रहे ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष आठको महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले उपाधि जितिन् । रशिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७-२१, २१-१५, २२-२० ले पराजित गरिन् । तेश्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।

विजेताले ५० हजार, उपविजेताले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्नेले १२ हजार ५ सय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष शीर्ष आठ बाहेकको उपाधी एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१-१६, १७-२१, २१-१५ ले पराजित गरे। तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे ।

यसै विधाको महिलातर्फको उपाधि कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१-१४, २१-१३ ले पराजित गरिन् । नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपालले तेश्रो स्थान हासिल गरे।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलको फाइनलमा एपिएफका प्रिन्स दाहाल र विजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीलाई २१-७, २२-२४ र २१-१२ ले पराजित गरे । तेश्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका बिशाल तामाङ्ग तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी रहे ।

महिला युगलतर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले उपाधि उचाले । यो जोडीले आर्मीकी अनुमाया राई र मोरङकी सीमा राजवंशीलाई २१-१९, २१-१२ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा कास्कीका शितल केसी र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्सालले तेस्रो स्थान हासिल गरे । 

रसिला महर्जन

यु-१३ को ब्वाईज तर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेल तथा गर्ल्स दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री च्याम्पियन बने ।

यु-१७ ब्वाइज एकलतर्फ आर्मीका सुप्रिम पन्त  र गर्ल्स तर्फ कास्कीकी दिलासा रानालेपार्दै उपाधिमाथि कब्जा गरे ।

मास्टर्स युगल ४५ वर्ष माथिको खेलमा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्ग तथा मास्टर्स युगल ५५ वर्षमाथिमा कास्कीका रामबहादुर गुरुङ र गुल्मीका खगेन्द्र रेग्मीको जोडी च्याम्पियन बने ।

शीर्ष आठ वरियाताबाहेकको पुरुष एकल र महिला एकलमा शर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ  प्राप्त गरे । महिला युगलतर्फका शीर्ष तीनले २० हजार, १० हजार र ५ हजार, यु-१७ र यु-१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ वर्ष र ५५ बर्ष माथिका शीर्ष तीन स्थान प्राप्त गर्नेले द ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई समापन समारोहका प्रमुख अतिथी चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख वशन्ती श्रेष्ठ, नेकपा एमालेकी केन्द्रिय सदस्य सर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लवभक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविनविक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रिन्सलाई सम्मान

राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० ले सम्मान गरेको छ ।

संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई  सम्मान गरिएको हो  । संघले पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ प्रतियोगिताको लगातार तीन संस्करणमा च्याम्पियन बन्नेलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो ।

यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ र नङ्गशल तामाङ सम्मानित भइसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो