माघ १९, २०८२ सोमबार | ०४:२२:०२
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

प्रिन्स लगातार चौथो पटक च्याम्पियन

काठमाडौं ।एपिएफ क्लबका दाहालले चौथो पटक पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् ।

१३औं संस्करणको शनिबार भएको फाइनलमा शीर्ष आठतर्फको पुरुष एकलमा प्रिन्सले ललितपुरका प्रफुल महर्जन माथि २१-१८, २२-२० को जित निकाले । 
एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी तेस्रो स्थानमा रहे ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष आठको महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले उपाधि जितिन् । रशिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७-२१, २१-१५, २२-२० ले पराजित गरिन् । तेश्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।

विजेताले ५० हजार, उपविजेताले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्नेले १२ हजार ५ सय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष शीर्ष आठ बाहेकको उपाधी एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१-१६, १७-२१, २१-१५ ले पराजित गरे। तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे ।

यसै विधाको महिलातर्फको उपाधि कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१-१४, २१-१३ ले पराजित गरिन् । नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपालले तेश्रो स्थान हासिल गरे।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलको फाइनलमा एपिएफका प्रिन्स दाहाल र विजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीलाई २१-७, २२-२४ र २१-१२ ले पराजित गरे । तेश्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका बिशाल तामाङ्ग तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी रहे ।

महिला युगलतर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले उपाधि उचाले । यो जोडीले आर्मीकी अनुमाया राई र मोरङकी सीमा राजवंशीलाई २१-१९, २१-१२ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा कास्कीका शितल केसी र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्सालले तेस्रो स्थान हासिल गरे । 

रसिला महर्जन

यु-१३ को ब्वाईज तर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेल तथा गर्ल्स दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री च्याम्पियन बने ।

यु-१७ ब्वाइज एकलतर्फ आर्मीका सुप्रिम पन्त  र गर्ल्स तर्फ कास्कीकी दिलासा रानालेपार्दै उपाधिमाथि कब्जा गरे ।

मास्टर्स युगल ४५ वर्ष माथिको खेलमा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्ग तथा मास्टर्स युगल ५५ वर्षमाथिमा कास्कीका रामबहादुर गुरुङ र गुल्मीका खगेन्द्र रेग्मीको जोडी च्याम्पियन बने ।

शीर्ष आठ वरियाताबाहेकको पुरुष एकल र महिला एकलमा शर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ  प्राप्त गरे । महिला युगलतर्फका शीर्ष तीनले २० हजार, १० हजार र ५ हजार, यु-१७ र यु-१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ वर्ष र ५५ बर्ष माथिका शीर्ष तीन स्थान प्राप्त गर्नेले द ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई समापन समारोहका प्रमुख अतिथी चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख वशन्ती श्रेष्ठ, नेकपा एमालेकी केन्द्रिय सदस्य सर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लवभक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविनविक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रिन्सलाई सम्मान

राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० ले सम्मान गरेको छ ।

संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई  सम्मान गरिएको हो  । संघले पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ प्रतियोगिताको लगातार तीन संस्करणमा च्याम्पियन बन्नेलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो ।

यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ र नङ्गशल तामाङ सम्मानित भइसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।