माघ १७, २०८२ शनिबार | १५:२३:४९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गतेदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु(१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शीर्ष २० वरीयता बाहेकको पुरुष युगल र ४५ वर्ष माथीको भेट्रान्स युगल (खुला) गरी ६ विधामा प्रतिस्पर्धा गराइने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य गोपाल महर्जनले जानकारी गराएका छन् ।

करिव ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पुरुष/ महिला एकलतर्फका विजेताले ४० हजार, उपविजेताले २० हजार तथा तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

यसैगरी पुरुष युगलतर्फका विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यु-१७ छात्र/ छात्रा तथा भेट्रान्स युगलतर्फका विजेताले २० हजार, उपविजेता  १० हजार र तेश्रो स्थान प्राप्तगर्नेले ५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा संचालन गर्नका लागि नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष धु्रव महर्जनको संयोजकत्वमा प्रतियोगिता मुल समारोह समिति गठन गरिएको छ ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा पाँच दिनसम्म संचालन हुने प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ, एसियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइने छ ।

प्रतियोगितामा फिदर सटल कर्कको प्रयोग गरिने आयोजकले जनाएको छ । वरीयता प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध जिल्ला, क्लब र अन्य गरी करिब ४ सय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विहानको खाजा तथा खानाको व्यवस्था आयोजकले गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।