चैत्र १२, २०८२ बिहीबार | १९:०२:३६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गतेदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु(१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शीर्ष २० वरीयता बाहेकको पुरुष युगल र ४५ वर्ष माथीको भेट्रान्स युगल (खुला) गरी ६ विधामा प्रतिस्पर्धा गराइने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य गोपाल महर्जनले जानकारी गराएका छन् ।

करिव ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पुरुष/ महिला एकलतर्फका विजेताले ४० हजार, उपविजेताले २० हजार तथा तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

यसैगरी पुरुष युगलतर्फका विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यु-१७ छात्र/ छात्रा तथा भेट्रान्स युगलतर्फका विजेताले २० हजार, उपविजेता  १० हजार र तेश्रो स्थान प्राप्तगर्नेले ५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा संचालन गर्नका लागि नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष धु्रव महर्जनको संयोजकत्वमा प्रतियोगिता मुल समारोह समिति गठन गरिएको छ ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा पाँच दिनसम्म संचालन हुने प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ, एसियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइने छ ।

प्रतियोगितामा फिदर सटल कर्कको प्रयोग गरिने आयोजकले जनाएको छ । वरीयता प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध जिल्ला, क्लब र अन्य गरी करिब ४ सय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विहानको खाजा तथा खानाको व्यवस्था आयोजकले गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो