माघ १५, २०८२ बिहीबार | १९:१०:३५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एसियाली खेलकुदः ब्याडमिन्टनको पुरुष डबल्समा जीवन र विष्णुको जोडी अन्तिम १६ मा

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्समा जीवन आचार्य र विष्णुको जोडी अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र  रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

बिजे जिमन्यासियम कोर्टमा भएको खेलमा नेपाललाई जित हासिल गर्न ३५ मिनेट लाग्यो । १७ मिनेट चलेको पहिलो सेटमा नेपालले २१-१८ को जित हासिल गर्यो । दोस्रो सेट १९ मिनेटसम्म चल्यो । जसमा नेपालले २१-१७ को जित हासिल गर्यो ।

यसअघि आजै भएको अन्य खेलमा नेपालले मिक्स्ड डबल्स बाहेक सबै प्रतिस्पर्धामा हार ब्यहोर्यो ।

मिक्स डबल्समा विष्णु र नंसला देवि तामाङको जोडीले २४ मिनेटसम्म चलेको खेलमा मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले पराजित गरे ।

यसबाहेक पुरुष एकलमा जापानका केन्टा निश्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सिमित भयो । प्रिन्सले खेल १२-२१, ७-२१ ले गुमाए ।

पुरुष एकलमै सुनील जोशी पनि थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग सोझो सेटमै पराजित भए । सुनील ७-२१, ९-२१ को हार ब्यहोर्दै पहिलो चरणबाटै बाहिरिए ।

मिक्स्ड डबल्सको अन्तिम ३२ मा जीवन आचार्य र निता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हिको जोडीसँग ४-२१, ३-२१ ले निराश भयो ।

यसैगरी पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग ८-२१, ५-२१ ले स्तब्ध बन्दा अन्तिम-३२ बाटै बाहिरियो ।

 नेपालले महिला सिंगल्स र महिला डबल्समा भने प्रतिस्पर्धा गर्न बाँकी छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।