चैत्र ७, २०८२ शनिबार | १९:१५:०७
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एसियाली खेलकुदः ब्याडमिन्टनको पुरुष डबल्समा जीवन र विष्णुको जोडी अन्तिम १६ मा

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्समा जीवन आचार्य र विष्णुको जोडी अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र  रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

बिजे जिमन्यासियम कोर्टमा भएको खेलमा नेपाललाई जित हासिल गर्न ३५ मिनेट लाग्यो । १७ मिनेट चलेको पहिलो सेटमा नेपालले २१-१८ को जित हासिल गर्यो । दोस्रो सेट १९ मिनेटसम्म चल्यो । जसमा नेपालले २१-१७ को जित हासिल गर्यो ।

यसअघि आजै भएको अन्य खेलमा नेपालले मिक्स्ड डबल्स बाहेक सबै प्रतिस्पर्धामा हार ब्यहोर्यो ।

मिक्स डबल्समा विष्णु र नंसला देवि तामाङको जोडीले २४ मिनेटसम्म चलेको खेलमा मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले पराजित गरे ।

यसबाहेक पुरुष एकलमा जापानका केन्टा निश्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सिमित भयो । प्रिन्सले खेल १२-२१, ७-२१ ले गुमाए ।

पुरुष एकलमै सुनील जोशी पनि थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग सोझो सेटमै पराजित भए । सुनील ७-२१, ९-२१ को हार ब्यहोर्दै पहिलो चरणबाटै बाहिरिए ।

मिक्स्ड डबल्सको अन्तिम ३२ मा जीवन आचार्य र निता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हिको जोडीसँग ४-२१, ३-२१ ले निराश भयो ।

यसैगरी पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग ८-२१, ५-२१ ले स्तब्ध बन्दा अन्तिम-३२ बाटै बाहिरियो ।

 नेपालले महिला सिंगल्स र महिला डबल्समा भने प्रतिस्पर्धा गर्न बाँकी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो