चैत्र ८, २०८२ आइतबार | २३:५४:१९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः कविर र अभयको जोडी फाइनलमा पराजित

दक्षिण एसिया जुनियर ब्याडमिन्ट च्याम्पियनसिपको यू-१७ ब्वाइज डबल्सतर्फ पदक विजेता

काठमाडौं । नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको यू-१७ ब्वाइज डबल्सतर्फको फाइनलमा पराजित भएको छ ।

ब्याडमिन्टन एसियाको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा मंगलबार कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीसँग २१-११, २१-११ को सोझो सेटमा पराजित भएको हाे ।

नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यू-१७ को ब्वाइज सिंगलतर्फ पनि बंगलादेशका एसएसएम सिफत उल्लाह च्याम्पियन बनेका छन् । उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१-१६, १२-२१, २१-१७ ले पराजित गरेका हुन् ।

गर्ल्स सिंगलतर्फ श्रीलंकाकी रनिथमा लियाङ्गे आफ्नै देशकी रनुमी मनागेलाई २१-६, २१-८ ले पराजित गर्दै च्याम्पियन बनिन् ।

गर्ल्स डबल्सतर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर स्वर्ण जितिन् । उक्त जोडीले माल्दिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१-६, २१-६ ले पराजित गरेकाे हाे ।

मिक्स डबल्सतर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१-१४, २१-१६ ले पराजित गर्दै च्याम्पियन बने।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फ गर्ल्स सिंगलमा श्रीलंकाकी नेथमी रत्नायक श्रीलंकाकै सिथुली रनसिंघलाई २१-१३, २१-१० ले पराजित गर्दै च्याम्पियन बनिन् ।  

नेथमीले मिक्स डबल्सको फाइनलमा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२-२०, २१-१२ ले पराजित गर्दै उपाधि जितिन् ।

ब्वाइज सिंगलतर्फ बंगलादेशका वाली उल्लाह आफ्नै देशका मोस्तकीम होसेनलाई २१-१५, २१-१५ को ले पराजित गर्दै च्याम्पियन बने ।

सेनुथ सेथमिता पेरेरा र ले केनिथ अरुगोडको जोडीले बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहको जोडीललाई २१-१५, १९-२१, २३-२१ ले पराजित गर्दै ब्वाइज डबल्सको उपाधि जित्यो ।

यसैगरी गर्ल्स डबल्सतर्फ श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेको जोडी नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१-१२,२१-४ ले पराजित गर्दै च्याम्पियन बने ।

श्रीलंकाले यस च्याम्पियनसिपमा मिक्स टिम इभेन्ट्सको दुई सहित नौ  स्वर्ण हात पारेको छ । यस्तै बंगलादेशले तीन स्वर्ण जितेको छ ।

विजयी खेलाडीहरुलाई ब्याडमिन्टन एशियाको डिभलोपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका अतिरथी सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतम लगायतले पुरस्कार वितण गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो