माघ १८, २०८२ आइतबार | १२:३२:०६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः कविर र अभयको जोडी फाइनलमा पराजित

दक्षिण एसिया जुनियर ब्याडमिन्ट च्याम्पियनसिपको यू-१७ ब्वाइज डबल्सतर्फ पदक विजेता

काठमाडौं । नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको यू-१७ ब्वाइज डबल्सतर्फको फाइनलमा पराजित भएको छ ।

ब्याडमिन्टन एसियाको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा मंगलबार कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीसँग २१-११, २१-११ को सोझो सेटमा पराजित भएको हाे ।

नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यू-१७ को ब्वाइज सिंगलतर्फ पनि बंगलादेशका एसएसएम सिफत उल्लाह च्याम्पियन बनेका छन् । उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१-१६, १२-२१, २१-१७ ले पराजित गरेका हुन् ।

गर्ल्स सिंगलतर्फ श्रीलंकाकी रनिथमा लियाङ्गे आफ्नै देशकी रनुमी मनागेलाई २१-६, २१-८ ले पराजित गर्दै च्याम्पियन बनिन् ।

गर्ल्स डबल्सतर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर स्वर्ण जितिन् । उक्त जोडीले माल्दिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१-६, २१-६ ले पराजित गरेकाे हाे ।

मिक्स डबल्सतर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१-१४, २१-१६ ले पराजित गर्दै च्याम्पियन बने।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फ गर्ल्स सिंगलमा श्रीलंकाकी नेथमी रत्नायक श्रीलंकाकै सिथुली रनसिंघलाई २१-१३, २१-१० ले पराजित गर्दै च्याम्पियन बनिन् ।  

नेथमीले मिक्स डबल्सको फाइनलमा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२-२०, २१-१२ ले पराजित गर्दै उपाधि जितिन् ।

ब्वाइज सिंगलतर्फ बंगलादेशका वाली उल्लाह आफ्नै देशका मोस्तकीम होसेनलाई २१-१५, २१-१५ को ले पराजित गर्दै च्याम्पियन बने ।

सेनुथ सेथमिता पेरेरा र ले केनिथ अरुगोडको जोडीले बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहको जोडीललाई २१-१५, १९-२१, २३-२१ ले पराजित गर्दै ब्वाइज डबल्सको उपाधि जित्यो ।

यसैगरी गर्ल्स डबल्सतर्फ श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेको जोडी नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१-१२,२१-४ ले पराजित गर्दै च्याम्पियन बने ।

श्रीलंकाले यस च्याम्पियनसिपमा मिक्स टिम इभेन्ट्सको दुई सहित नौ  स्वर्ण हात पारेको छ । यस्तै बंगलादेशले तीन स्वर्ण जितेको छ ।

विजयी खेलाडीहरुलाई ब्याडमिन्टन एशियाको डिभलोपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका अतिरथी सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतम लगायतले पुरस्कार वितण गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।