चैत्र १३, २०८२ शुक्रबार | ०९:३८:०९
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: पविन र विजितको विजयी सुरुआत

ललितपुर । ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा बुधबारदेखी सुरु भएको तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकलतर्फ पविन लिनथेप र विजित थापा मगरले विजयी सुरुआत गरेका छन् ।

त्रिभुवन आर्मी क्लबका पविनले बिवाइसीका अरुणअधिकारीलाई २१-१५ र २१-१७ ले तथा विजितले रुपन्देहीका प्यारजंग थापालाई २१-५ र २१-९ ले पराजित गरे ।

यस्तै अन्य स्पर्धामा एपिएफका सुजन थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१-६ र २१-४, सेनाका हिमाल चन्दले काभ्रेका अंकित भोछेभ्वयलाई २१-९ र २१-११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६-२१, २१-१७ र २१-१३ ले हराउँदा एपिएफका देवराज रानाले धादिङका मोहन गुरुङबाट वाक ओभर पाए ।

यस्तै आर्मीका अभय महराले रिभाईभका किरन न्यौपानेलाई २१-१३ र २१-१२, पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेश क्लबका अनिल मल्ललाई २२–२० र २१–९ ,एपिएफका भोजबहादुर गुरुङले आशमान लोप्चनलाई २१-९ र २१-४, एपिएफका रोशन साउदले आर्मीका कविर केसीलाई २१-१९ र २१-१५, मंडला ब्याडमिन्टन क्लबका अमन तामाङले रिभाईभका सलुनसिंह ठकुरीलाई १९-२१, २१-१६ र २१-१३ ले हराए । पाल्पाका दिपम बज्राचार्यले भक्तपुरका सुप्रिम राना मगरबाट वाक ओभर प्राप्त गरे ।


दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितीज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बिवाइसीका सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानुबाबु गोले, पुलिसका हिराबहादुर राई र सेनाका विवेक चौधरी रहेका छन् ।

प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु-११, यु-१३ र यु-१५ छात्र/छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मुख्य सहयोग रहेको छ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास इन्टरप्राईजेजको विशेष साथ रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः ५० ,२५ र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगलतर्फ शिर्ष तीनमा रहनेले क्रमशः ४०, २० र ८ हजार, भेट्रान्स तर्फका शीर्ष तीनले क्रमशः ३०, १५ ,६ हजार तथा यू-११, १३ र १५ का शिर्ष तीनले क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसका साथै विजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी पनि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन माननिय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो