माघ १४, २०८२ बुधबार | १७:५०:४२
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: पविन र विजितको विजयी सुरुआत

ललितपुर । ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा बुधबारदेखी सुरु भएको तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकलतर्फ पविन लिनथेप र विजित थापा मगरले विजयी सुरुआत गरेका छन् ।

त्रिभुवन आर्मी क्लबका पविनले बिवाइसीका अरुणअधिकारीलाई २१-१५ र २१-१७ ले तथा विजितले रुपन्देहीका प्यारजंग थापालाई २१-५ र २१-९ ले पराजित गरे ।

यस्तै अन्य स्पर्धामा एपिएफका सुजन थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१-६ र २१-४, सेनाका हिमाल चन्दले काभ्रेका अंकित भोछेभ्वयलाई २१-९ र २१-११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६-२१, २१-१७ र २१-१३ ले हराउँदा एपिएफका देवराज रानाले धादिङका मोहन गुरुङबाट वाक ओभर पाए ।

यस्तै आर्मीका अभय महराले रिभाईभका किरन न्यौपानेलाई २१-१३ र २१-१२, पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेश क्लबका अनिल मल्ललाई २२–२० र २१–९ ,एपिएफका भोजबहादुर गुरुङले आशमान लोप्चनलाई २१-९ र २१-४, एपिएफका रोशन साउदले आर्मीका कविर केसीलाई २१-१९ र २१-१५, मंडला ब्याडमिन्टन क्लबका अमन तामाङले रिभाईभका सलुनसिंह ठकुरीलाई १९-२१, २१-१६ र २१-१३ ले हराए । पाल्पाका दिपम बज्राचार्यले भक्तपुरका सुप्रिम राना मगरबाट वाक ओभर प्राप्त गरे ।


दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितीज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बिवाइसीका सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानुबाबु गोले, पुलिसका हिराबहादुर राई र सेनाका विवेक चौधरी रहेका छन् ।

प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु-११, यु-१३ र यु-१५ छात्र/छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मुख्य सहयोग रहेको छ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास इन्टरप्राईजेजको विशेष साथ रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः ५० ,२५ र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगलतर्फ शिर्ष तीनमा रहनेले क्रमशः ४०, २० र ८ हजार, भेट्रान्स तर्फका शीर्ष तीनले क्रमशः ३०, १५ ,६ हजार तथा यू-११, १३ र १५ का शिर्ष तीनले क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसका साथै विजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी पनि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन माननिय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।