चैत्र १७, २०८२ मंगलबार | २३:२६:३८
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

राजेन्द्र र पार्वती च्याम्पियन

काठमाडौं । नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा च्याम्पियन बनेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनमा भएको आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले शनिबार नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१-१८ र २१-१४ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा पार्वती राईले टेलिकमकी श्रद्धा मानन्धरलाई सेटमा २१-१४ र २१-७ को सोझो सेटमा हराइन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा विद्युतका खगेन्द्र शाही र राजु महर्जन, महिला डबल्समा विद्युतका सविना तामाङ र अम्बिा सापकोटा, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन तथा एक्जिक्युटिभ पुरुष डबल्समा नेपाल टेलिकमका सुरेन्द्रसिं कार्की र राजेन्द्र श्रेष्ठको जोडी च्याम्पियन बने ।

पेस्डान एक्सिक्युटिभ पुरुष डबल्समा तेजनाथ ढकाल र प्रशान्तबहादुर श्रेष्ठको जोडी च्याम्पियन भए ।

 प्रतियोगितामा नेपाल विद्युत प्राधिकरण तीन स्वर्ण, दुई रजत र चार कास्यका साथ टिम च्याम्पियन बन्यो । दुई स्वर्ण, तीन रजत र एक कांस्यका साथ नेपाल टेलिकम दोश्रो हुँदा तेस्रो स्थानको  नागरिक उड्डयन प्राधिकरणले समान एक  स्वर्ण र कांस्य हात जित्यो ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

प्रतियोगितामा ब्याडमिन्टन र पुरुष फुटसलमा प्रतिस्पर्धा भएको थियो । भृकुटिमण्डपमा सम्पन्न फुटसलको उपाधि नागरिक उड्डयन प्राधिकरण ‘ए’ जितेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो