चैत्र ९, २०८२ सोमबार | ०१:५६:३६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

'नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा', बोगटीले दीप प्रज्ज्वलन गर्ने

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार उद्घाटन हुने नवौं वृहत राष्ट्रिय खेकलुदको सबै तयारी पूरा भएको बताएका छन् ।

उद्घाटन समारोहको अन्तिम तयारी भइरहेको बताउँदै उनले नवौं राष्ट्रिय खेलकुद सम्पन्नताको संघारमा रहेको बताए । बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार लगाएको उनको दाबी थियो ।

‘यतिबेला वर्षात होला भन्ने हामीले अपेक्षा गरेका थिएनौं । तर चुनौतीका बावजुद पनि हामीले सबै तयारी सम्पन्न गरेका छौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी गराए ।

‘धेरै प्रतियोगिताहरु पूर्व निर्धारित समयमै भइरहेका छन् । कास्की भन्दा बाहिर गोरखा म्याग्दीमा पनि भइरेहका छन् । भोली साढे तीन बजे औपचारिक उद्घाटनको कार्यक्रम पनि सुरु हुनेछ,’ घिसिङले भने, ‘सबथोक सोचेकैजसरी भइरहेको छ । हामी सम्पन्नको संघारमा पुगेका छौं ।’

सदस्यसचिव घिसिङले राष्ट्रिय खेलुकदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी गराए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढि पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि उनले बताए ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद राष्ट्रिय टिम निर्माणको एउटा बलियो हिस्सा हुने बताउँदै थपे, ‘हाम्रो पुस्ताले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद मात्रै होइन, ओलम्पिकमा स्वर्ण जित्ने अठोट र अभिलासा गर्नेपर्छ ।’

राष्ट्रिय खेलकुदका लागि प्रदेशको टिम निर्माण तथा अभ्यासका क्रममा केन्द्रबाट कुनै सहयोग नभएको भन्दै भएका विवादबारे बोल्दै उनले ‘सबै तयारी सहभागी टिमले आफै गर्ने, केन्द्रले सहजीकरणमात्र गर्ने’ प्रष्ट्याए ।

व्यवस्थापकीय पक्षमा कमजोरी भएको स्वीकार्दै उनले विवाद भएका खेलाडी वा टिमको विषयमा अनुसन्धान गर्ने समितिहरु भएको र तिनको विषयमा उठेका प्रश्नमाथि सम्बन्धित समितिले अनुसन्धान गर्ने प्रतिक्रिया दिए । सदस्यसचिव घिसिङले सातौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टिकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दिप प्रज्जवलन गर्ने पनि जानकारी गराए ।

विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने नवौं राष्ट्रिय खेलकुद कात्तिक तीन गते सम्पन्न हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो