माघ १५, २०८२ बिहीबार | ०९:५१:५०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रपति अस्वस्थ, राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएका कारण उनको प्रमूख आतिथ्यमा हुने तय भएको नवौं वृहत राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रममा हेरफेर हुने भएको छ ।

कोभिड १९ को संक्रमणका कारण राष्ट्रपति अस्वस्थ भएपछि उनको सट्टा उपराष्ट्रपति नन्दकिशोर पुनले पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद महोत्सवको उद्घाटन गर्ने तय भएको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य दीपेन्द्र बिष्टले खेलाडी डटकमलाई जानकारी गराएका छन् ।

‘राष्ट्रपतिज्यूको स्वास्थ्य अनुकुल नभएका कारण उहाँ आउन नसक्ने हुनुभयो । उहाँको सट्टा उपराष्ट्रपतिज्यूले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुहुनेछ,’ बिष्टले भने ।

राष्ट्रिय खेलकुदको इतिहासमा यसअघि एक पटकमात्र राष्ट्रप्रमूख उद्घाटन समारोहमा उपस्थित भएका थिएनन् । नेपालगञ्जमा २०५५ सालमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदमा तत्कालिन युवराज दीपेन्द्र शाह उद्घाटन समारोहका मुख्य अतिथि थिए । यसवाहेक यसअघिका सबै संस्करणका उद्घाटन समारोहमा राष्ट्र प्रमूख मुख्य अतिथि हुने गरेका थिए ।

२०३८ सालमा काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय खेलकुद, २०४० सालमा पोखरामा भएको दोस्रो संस्करण र २०४२ सालमा वीरगञ्जमा भएको तेस्रो संस्करणको उद्घाटन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए । त्यसपछि २०६५ सालमा भएको पाँचौं र २०६८ सालमा धनगढीमा भएको संस्करणको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । २०७३ सालमा विराटनगरमा भएको सातौं तथा २०७६ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।