माघ १८, २०८२ आइतबार | १९:२१:२८
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिपमा पुरुषतर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिलातर्फ दक्षिण कोरियाकी गियोङ्गमिन पार्क च्याम्पियन बनेका छन् ।

पोखराको फेवा तालमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साइक्लिङ र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । पिटरले उपाधीसँगै मेडल, प्रमाण पत्र र ६३०  अमेरिकी डलर प्राप्त गरे । इ

इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोश्रो स्थान स्थान हासिल गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ अमेरिकी डलर प्राप्त गरे ।

यसैगरी ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेश्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० अमेरिकी डलर हात पारे । चौथो स्थान प्राप्त गरेका दक्षिण कोरियाका त्येगी किमले ३१५र पाँचौ स्थानमा रहेका जापानका तुया कोबायासीले २१० अमेरिकी डलर पाए ।

पार्कले निर्धारित दूरी  १ घन्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ ६३० अमेरिकी डलर प्राप्त गरिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोश्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५  र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२०  अमेरिकी डलर हात पारे ।

यस्तै चौथो स्थानमा जापानकी इकुमी सेतो र पाँचौ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरूले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।

दक्षिण एशियाली च्याम्पियनतर्फ भारतले एकाधिकार जमायो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ उपाधि जित्दा पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोश्रो स्थान हासिल गरे  ।

यस्तै महिलातर्फ पनि भारतकी डोल्ली देवीदास पाटिल १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ मानसी मोहित विजेता बन्दा १ घन्टा ६ मिनट ४२ सेकेन्ड समय निकाल्दै दोस्रो स्थानमा रहिन् ।

यस्तै जुनियरतर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधी जिते । विजेताले मेडल प्रमाण पत्र प्राप्त गरे ।

विजेतमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, आयोजक संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाल  भारत, बंगालादेश, जापान, दक्षिण कोरिया, इजरायल, अस्ट्रिया, उज्वेकिस्तान, इस्टाेनिया र पोट्रोरिकाेका गरि ३० पुरुष र  १६ महिला खेलाडीको सहभागिता थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।