चैत्र ९, २०८२ सोमबार | ०४:४८:२५
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिपमा पुरुषतर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिलातर्फ दक्षिण कोरियाकी गियोङ्गमिन पार्क च्याम्पियन बनेका छन् ।

पोखराको फेवा तालमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साइक्लिङ र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । पिटरले उपाधीसँगै मेडल, प्रमाण पत्र र ६३०  अमेरिकी डलर प्राप्त गरे । इ

इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोश्रो स्थान स्थान हासिल गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ अमेरिकी डलर प्राप्त गरे ।

यसैगरी ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेश्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० अमेरिकी डलर हात पारे । चौथो स्थान प्राप्त गरेका दक्षिण कोरियाका त्येगी किमले ३१५र पाँचौ स्थानमा रहेका जापानका तुया कोबायासीले २१० अमेरिकी डलर पाए ।

पार्कले निर्धारित दूरी  १ घन्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ ६३० अमेरिकी डलर प्राप्त गरिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोश्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५  र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२०  अमेरिकी डलर हात पारे ।

यस्तै चौथो स्थानमा जापानकी इकुमी सेतो र पाँचौ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरूले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।

दक्षिण एशियाली च्याम्पियनतर्फ भारतले एकाधिकार जमायो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ उपाधि जित्दा पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोश्रो स्थान हासिल गरे  ।

यस्तै महिलातर्फ पनि भारतकी डोल्ली देवीदास पाटिल १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ मानसी मोहित विजेता बन्दा १ घन्टा ६ मिनट ४२ सेकेन्ड समय निकाल्दै दोस्रो स्थानमा रहिन् ।

यस्तै जुनियरतर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधी जिते । विजेताले मेडल प्रमाण पत्र प्राप्त गरे ।

विजेतमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, आयोजक संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाल  भारत, बंगालादेश, जापान, दक्षिण कोरिया, इजरायल, अस्ट्रिया, उज्वेकिस्तान, इस्टाेनिया र पोट्रोरिकाेका गरि ३० पुरुष र  १६ महिला खेलाडीको सहभागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो