माघ १४, २०८२ बुधबार | १९:२२:२१
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

भण्डारी र सापकोटा सम्मानित

सम्मानित हुने विनयज्योति सापकोटा (बायाँ) र श्रीविक्रम भण्डारी भण्डारी ।

काठमाडौं । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबिक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो ।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

 डडेलधुराका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् ।

अग्रज खेलकुद पत्रकारिता अवार्ड प्राप्त श्रीविक्रम भण्डारी(बायाँबाट दोस्रो) लाई सम्मान गरिदै, तस्विरः सारेज सापकोटा /खेलाडी । 

त्यस्तै खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्रसहित सम्मान गरिएको थियो ।  इलामका सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् ।

सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउॅंदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मन्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्याउॅंदा आफूलाई धेरै खुसी लागेको उनले धारणा राखे।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र अहिले प्राप्त गर्दा प्रोत्साहन  मिलेको धारणाा राखे ।

युवा तथा खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिॅंदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको १०औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए ।

सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्राप्त  विनयज्योति सापकोटा (बायाँबाट दोस्रो) लाई सम्मान गरिदै, तस्विरः सारेज सापकोटा/खेलाडी । 

राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भैरहॅंदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको धारणा राखे ।

एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिॅंदै  राखेपलाई खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतीका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे ।

मन्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पारेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।