चैत्र १३, २०८२ शुक्रबार | १०:४९:३०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

मिसन-२०२६ को लक्ष्य पूरा हुने विश्वास छः सदस्यसचिव घिसिङ

टंकलाल घिसिङ ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट मिसन- २०२६ को लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रममा आइतबार सदस्यसचिव घिसिङले भने, ‘१९औं एसियाली खेलकुद सम्पन्न भए लगत्तै हामीले २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यले मिसन–२०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौं । हाम्रो यो तयारी करिब  तीन वर्ष चल्छ । यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईंहरुमध्येबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ । बिगतका कुरा बिर्सनुहोस् । अब हामीले गर्ने बेला आएको छ । यो उपलब्धी हासिल गर्न साधारण मिहिनेतले पुग्दैन । असाधारण प्रयासबाट मात्र सम्भव हुन्छ । यो जिम्मेवारी तपाईं खेलाडीसँगै प्रशिक्षकको पनि हो । ’

यसैगरी सदस्यसचिव घिसिङले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिए ।

उनले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए । उनले खेलाडीको पुरस्कारको व्ययवस्था कानुनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गरे ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गरे र

भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताउदै पाएको अवसरलाई भरपूर उपयोग गर्नुपर्ने बताए ।

एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी कराते खेलाडी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको धारणा राखिन् ।

मंसिर १ गतेदेखि सुरु भएको यो आवको विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष/महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् । कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रब्य दृष्य पनि प्रदर्शन गरिएको थियो ।

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा पदक जितेको छैन ।

एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्ण पदकविहीन छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार गरि आठ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म जितेको सर्वाधिक पदक हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो