माघ १५, २०८२ बिहीबार | १२:२८:२८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

काजकिस्तान र नेपालको बुद्धिचाल महासंघबीच सम्झौता

काठमाडौं ।  काजकिस्तान र नेपालको बुद्धिचाल महासंघबी उच्चस्तरिय प्रशिक्षणका लागि सम्झैता भएको छ ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान बुद्धिचाल संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीले सम्झौता पत्रमा हस्ताक्षण गरेका थिए ।

सम्झौताअघि नै पहिलो चरणको प्रशिक्षण साउन १७ देखि सुरु भइसकेको छ । यो प्रशिक्षण पुष १६ गत सम्म सञ्चालन हुनेछ।

शुक्रबार दुई पक्षीय सम्झौतामा काजकिस्तान चेस संघले अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरलाई प्रशिक्षकको रुपका पठाउने, उच्च गुणस्तरको पोशाक प्रदान गर्ने, चेस इन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेवसाइत मार्फत समाचार संप्रेषण गर्ने र भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।

यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने, राष्ट्रिय दैनिक समाचार पत्रिकामा प्रचारप्रसार गर्ने र नेपाल स्थित अभिभावकीय खेलकुद निकायसँग समन्वयात्मक भुमिका खेल्ने बताइएको छ ।

नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण सुरु गरेको हो।

हंगेरीको बुढापेस्टमा हुने प्रयोगितामा नेपाली टोलीको प्रशिक्षक काजकिस्तानी ग्राण्ड मास्टर जिएम मुर्तजा रहनेछन् । पुरुष र महिला दुवै विधामा पदक जित्ने लक्ष्यका साथ नेपालले प्रशिक्षण गरिरहेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।