चैत्र १४, २०८२ शनिबार | ००:५८:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पेरिस ओलम्पिकमा सहभागीलाई पोसाक हस्तान्तरण

काठमाडौं । कोमोरेबीले पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीको खेलाडीका लागि मंगलबार पोसाक हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा कोमोरेबीका सिइओ भ्यालेन्टाइन डेनियलले अध्यक्ष जीवनराम श्रेष्ठलाई पोसाक उपलब्ध गराए ।

कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौता अनुसार यी पोसाक प्रदान गरिएको हो । कोमोरेबी फ्रान्सेली केक्सटाइल कम्पनी हो । सम्झौता अनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस ब्याग प्रदान गरिएको छ ।

त्यस कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको पनि उपस्थिति रहेको थियो । ३३औं गृष्मकालीन ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ बाट सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता रहनेछ । यसमा ब्याडमिन्टको प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो