चैत्र १२, २०८२ बिहीबार | २३:२१:२९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जुडोमा संस्कार र इनुशालाई स्वर्ण

पारा जुडो पदक विजेता

काठमाडौं । संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण पदक जितेका छन् । बहिरातर्फ २०-२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा इनुशा पहिलो भए ।

बहिरातर्फ नै महिला ३०-३५ केजीमा अञ्जली तामाङ, ३५-४० केजीमा निताकुमारी यादव, ४०-४५ केजीमा आरती शाह, ४५-५० केजीमा विपना पुन, ५०-५५ केजीमा सुष्मा थापा र ५५ केजीमाथिको स्पर्धामा  प्रेरणा विकले स्वर्ण पदक जितका छन् । पुरुष ५० केजीमा क्षितिज ठगुन्ना र ५५ केजीमा ऋषिमणि शर्माले स्वर्ण चुमे ।

पारा जुडोमा प्रतिस्पर्धा गर्दै खेलाडी 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुष १९-२५ केजीमा सार्थक तामाङ, २६-३२ केजीमा जीवन जैशी, ४०-४५ केजीमा अभिकराज वज्राचार्य र ६०-६५ केजीमा गिल्याक ग्याल्सनले स्वर्ण पदक हासिल गरेका छन् ।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे । सो अवसरमा पेरिस ओलम्पिकको जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो