माघ १७, २०८२ शनिबार | २२:४९:३८
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

सुटिङमा आयो वाइल्डकार्ड, सुस्मिताले ओलम्पिकमा सहभागिता जनाउने

काठमाडौं । अर्को महिना फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ का लागि नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले सहभागिता जनाउने भएकी छन् ।

जुलाई २६ बाट अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ३३औं ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सुस्मितालाई सहभागिताका लागि वाइल्डकार्ड दिने शुक्रबार निर्णय गरेको थियो । सुस्मिताले १० मिटर एयर राइफलमा चुनौती पेश गर्नेछिन् ।

आइओसीबाट सुस्मिताले वाइल्डकार्ड पाएपछि पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको सहभागिता पक्का भएको छ । सुस्मिताअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याड्मिन्टनका प्रिन्स दाहाल, पौडीका डुआना लामा र एलेक्स शाह तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको सहभागिता पक्का भइसकेको थियो ।

स्यान्टुले काठमाडौंमै भएको ओलम्पिकको दक्षिण एसियाली छनोट चरण पार गरेर पेरिसको टिकट पक्का गरेका थिए । छनोट चरण पार गरेरै ओलम्पिक खेल्ने स्यान्टु समग्रमा तेस्रो तथा तेक्वान्दोवाहेकका खेलबाट पहिलो खेलाडी बनेका छन् ।

स्यान्टुअघि छनोट प्रतियोगितामा सफलता हासिल गर्दै तेक्वान्दोका संगीना बैद्य र दीपक बिष्टले ओलम्पिकमा सहभागिता जनाएका थिए । संगीनाले ग्रिसको एथेन्समा भएको २००४ को संस्करण तथा दीपकले त्यसको चार वर्षपछि चीनको बेइजिङमा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।