चैत्र १४, २०८२ शनिबार | ०७:५०:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सुटिङमा आयो वाइल्डकार्ड, सुस्मिताले ओलम्पिकमा सहभागिता जनाउने

काठमाडौं । अर्को महिना फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ का लागि नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले सहभागिता जनाउने भएकी छन् ।

जुलाई २६ बाट अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ३३औं ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सुस्मितालाई सहभागिताका लागि वाइल्डकार्ड दिने शुक्रबार निर्णय गरेको थियो । सुस्मिताले १० मिटर एयर राइफलमा चुनौती पेश गर्नेछिन् ।

आइओसीबाट सुस्मिताले वाइल्डकार्ड पाएपछि पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको सहभागिता पक्का भएको छ । सुस्मिताअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याड्मिन्टनका प्रिन्स दाहाल, पौडीका डुआना लामा र एलेक्स शाह तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको सहभागिता पक्का भइसकेको थियो ।

स्यान्टुले काठमाडौंमै भएको ओलम्पिकको दक्षिण एसियाली छनोट चरण पार गरेर पेरिसको टिकट पक्का गरेका थिए । छनोट चरण पार गरेरै ओलम्पिक खेल्ने स्यान्टु समग्रमा तेस्रो तथा तेक्वान्दोवाहेकका खेलबाट पहिलो खेलाडी बनेका छन् ।

स्यान्टुअघि छनोट प्रतियोगितामा सफलता हासिल गर्दै तेक्वान्दोका संगीना बैद्य र दीपक बिष्टले ओलम्पिकमा सहभागिता जनाएका थिए । संगीनाले ग्रिसको एथेन्समा भएको २००४ को संस्करण तथा दीपकले त्यसको चार वर्षपछि चीनको बेइजिङमा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो