माघ १८, २०८२ आइतबार | १०:०६:५९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एनएसजेएफको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) को १९औं साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिताअब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।

‘पत्रकारिताको आयाम फेरिरहेको छ। यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ,‘ सदस्यसचिव घिसिङले भने,‘ अब खेलकुद पत्रकारिता पनि शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्छ ।’

नक्सालस्थित होटल क्राउन प्लाजामा शुत्रबार भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको भन्दै लामो समय एकै खेलाडीले कब्जा जमाउनु खेलकुदको विकास नहुनुको सुचक रहेको बताए।

यसैगरी नेपाल पौडी संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले मञ्चबाट अन्य खेलसँगले पनि संस्था कसरी अगाडि बढाउनुपर्छ भन्ने सिक्न जरुरी रहेको घारणा राखे ।

‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ,’ श्रेष्ठले भने ।  

नेपालका थुप्रै खेल संघहरुले वार्षिक रुपमा साधारण सभा गर्दै आएपनि थुप्रै खेल संघहरुले आफ्नो संघलाई संस्थागत रुपमा काम नगरेकोमा उनले संकेत गर्नु भएको थियो।

उद्घाटनपछि भएको बन्द सत्रमा एनएसजेएफ अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)को कंग्रेस नेपालमा आयोजना गर्ने विषयको प्रस्तावलाई राखेका थिए, जसलाई सर्वसम्मतले स्वागत गरिएको थियो।

बन्द सत्रमा महासचिव प्रज्वल ओलीको साँगठनिक प्रतिवेनदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।