चैत्र ८, २०८२ आइतबार | २०:१०:५९
राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै

एनएसजेएफको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) को १९औं साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिताअब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।

‘पत्रकारिताको आयाम फेरिरहेको छ। यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ,‘ सदस्यसचिव घिसिङले भने,‘ अब खेलकुद पत्रकारिता पनि शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्छ ।’

नक्सालस्थित होटल क्राउन प्लाजामा शुत्रबार भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको भन्दै लामो समय एकै खेलाडीले कब्जा जमाउनु खेलकुदको विकास नहुनुको सुचक रहेको बताए।

यसैगरी नेपाल पौडी संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले मञ्चबाट अन्य खेलसँगले पनि संस्था कसरी अगाडि बढाउनुपर्छ भन्ने सिक्न जरुरी रहेको घारणा राखे ।

‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ,’ श्रेष्ठले भने ।  

नेपालका थुप्रै खेल संघहरुले वार्षिक रुपमा साधारण सभा गर्दै आएपनि थुप्रै खेल संघहरुले आफ्नो संघलाई संस्थागत रुपमा काम नगरेकोमा उनले संकेत गर्नु भएको थियो।

उद्घाटनपछि भएको बन्द सत्रमा एनएसजेएफ अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)को कंग्रेस नेपालमा आयोजना गर्ने विषयको प्रस्तावलाई राखेका थिए, जसलाई सर्वसम्मतले स्वागत गरिएको थियो।

बन्द सत्रमा महासचिव प्रज्वल ओलीको साँगठनिक प्रतिवेनदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो