चैत्र ५, २०८२ बिहीबार | २२:०३:२६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

हिमालयन चेस एकेडेमीको भव्य उद्घाटन

काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको बिहीबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरे  ।

उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै उमेरमा बालबालिकालाई चेसको प्रशिक्षणले बौद्धिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसतर्फ पनि एकेडेमीले नेतृत्व गर्नेछ ।’

विसं २०३६, ०३७ र ०३९ का च्याम्पियन लामाले भने, ‘हाम्रो पालोमा चेसको खेल्न र खेल सामाग्री जुटाउन पनि गाह्रो थियो । अहिले धेरै सजिलो भएको छ । एकेडेमी स्थापनाले चेसको सिकाईलाई थप सहज बनाउने छ । यस हिमालयन चेस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने अपेक्षा गरेको छु ।’

’ नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागी भएका थिए । महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उनले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी ।

‘सबैले चेस खेल्न मिल्ने खालको लैंगिकमैत्री र सुरक्षित स्थल छैन, त्यससँगै अहिलेको पुस्तामा बौद्धिक ढंगले सोंच्नसक्ने संस्कृति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती दिनसक्ने नेपाली खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको हो,’ अध्यक्ष खम्बूले भनिन्, ‘कलिलै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञात्मक विकास (कग्निटिभ डेभ्लोप्मेन्ट), धैर्य गर्नसक्ने क्षमताको विकास हुन्छ । त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो ।’

विसं २०७३ सालमा (सातौं राष्ट्रिय खेलकुद) पनि राष्ट्रिय च्याम्पियन भएकी खम्बूले एसियाली खेलकुदमा दुईपल्ट (सन् २००६,दोहा र २०१०,ग्वान्जाउ), एसियन इन्डोर गेम्समा तीनपल्ट (सन् २००९ भियतनाम, २०१३ साउथ कोरिया र २०१७ तुर्कमेनिस्तान) मा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् । चेसको सबभन्दा ठूलो प्रतियोगिता फिडे वल्र्ड चेस ओलम्पियाड तीनपल्ट (सन् २०१४ नर्वे, २०१६ अजरबैजान र २०१८ जर्जिया) मा खेलाडी रहेकी उनी सन् २०२२ मा चेन्नाईमा भएको ४४ औं मा चेस ओलम्पियाडमा आर्बिटरको रुपमा सहभागि हुने पहिलो नेपाली महिला भएकी थिइन् ।

हालसम्मकै सबभन्दा उच्च रेटिङ १८७७ मा पुगेकी नेपाली महिला खेलाडी रहेकी खम्बू दुई दशकयता चेसमा सक्रिय छिन् । नेपाल बुद्धिचाल महासंघमा सात वर्षअघि सदस्य भएपछि प्रतियोगिता खेल्न छाडेकी उनी सचिव हुँदै महासंघमा गत वर्ष उपमहासचिवमा निर्वाचित भएकी थिइन् । उनी फिडे (विश्व बुद्धिचाल महासंघ) को महिला आयोगकी सदस्य पनि हुन् । सीडब्लुएम (क्यान्डिडेट वुमन मास्टर) उनी फिडे आर्बिटर, इन्स्ट्रक्टर, अर्गनाइजर पनि हुन् ।

एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ । त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका रहेका छन् । फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार वटा कोर्स बनाएर प्रशिक्षण दिनेछ । एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरू रुपेश जैयसवाल र सुजना लोहनी, मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरी, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन् ।

एकेडेमीको उदघाटन समारोहमा राखेपका कार्यकारी सदस्य अन्जन धमला, राष्ट्रिय च्याम्पियन भइसकेका विकासमान लामा, बद्रिलाल नेपाली, पुरुषोत्तम चौलागाईं, सिन्दिरा जोशी, सुजना लोहनी, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, प्राध्यापक (प्रा.) प्रकाशचन्द्र लामा, नेपाल ओपन युनिभर्सिटीका पूर्वकार्यवाहकउपकुलपति प्रा.इन्द्रबहादुर कार्की, प्रा.लक्ष्मणकुमार रेग्मी, वरिष्ठ पत्रकारहरू सुधीर शर्मा, प्रशान्त अर्याल, राम रावल, गंगा बिसी, सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो