चैत्र १८, २०८२ बुधबार | ०६:५०:१४
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

सानिया र शोएबको डिभोर्स, गोपनीयताको सम्मान गर्न परिवारको आग्रह

काठमाडौं । भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकले डिभोर्स गरेका छन् ।

४१ वर्षीय मलिकले शनिबार अभिनेत्री सना जावेदसँगको विवाह तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसको भोलि पल्ट नै सानियाको परिवारले डिभोर्सकाे जानकारी गराएको हो ।

यी दुई खेलाडीको डिभोर्सको खबर खेलकुद जगतका लागि चर्चाको विषय बनेको छ । भारतीय टेनिस स्टार सानियाले गत वर्ष मात्र २० वर्षको करिअरलाई ब्रेक दिएकी थिइन् । सानियाले डबल्स र मिक्स डबल्समा कूल ६ ग्रान्डस्लाम उपाधि जितेकी छन्  ।

अप्रिल २०१०, हैदरावादमा सानिया शोएबसँग विवाह बन्धनमा बाँधेकी थिइन् । शोएबले केही समयअघि मात्र ३७ वर्षीय सानीयालाई इनस्टाग्राममा अनफलो गरेका थिए । त्यसदिन देखि नै यी दुईबीचको सम्बन्धका बारेमा चर्चा चुलिएको थियो । यी दुईको पाँच वर्षीय एक छोरा छन्, जो अहिले सानियासँगै बस्दै आएका छन् ।

शोएबको यो तेस्रो विवाह हो । सानियाअघि शोएबले आयशा सिद्दिकीसँग विवाह गरेका थिए । पाकिस्तानी अभिनेत्री सनाको पनि यो दोस्रो विवाह हो । सनाले २०२० मा गायक उमैर जैसवालसँग विवाह गरेकी थिइन् ।

सानियाले केही दिनअघि मात्र इनस्टाग्राममार्फत वैवाहिक जीवनका कठिनाइहरु सार्वजिनक गरेकी थिइन् ।

‘विवाह र डिभोर्स एकदमै कठिन छ । सही मानिस छान्नु कठिन छ । फिट रहनु कठिन छ । ऋणी रहनु कठिन छ । आर्थिक रुपमा अनुशासित रहनु कठिन छ, ’ सानियाले इनस्टाग्राममा यसो भनेकी थिइन्, ‘वार्तालाप कठिन छ । जिन्दगी सजिलो छैन । तर, त्यो कठिनलाई हामीले छान्न जान्नुपर्छ ।’

‘सानियाले जहिल्यै आफ्नो व्यक्तिगत जीवनलाई  समर्थकबाट टाढा राखिन् । यद्यपि आज सानियालाई शोएबसँगको डिभोर्सका बारेमा भन्न आवश्यक छ । सानिया र शोएबको केही महिनाअघि नै डिभोर्स भएको थियो । सानिया शोएबको नयाँ सुरुआतका लागि शुभकामना दिन चाहन्छिन्, ’ सानियाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सानियाको जीवनको यो संवेदनशील समयमा, हामी समर्थकहरुलाई उसको गोपनीयताको सम्मान गर्न आग्रह गर्छौं  ।’                                                                                                                                        


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो