माघ १५, २०८२ बिहीबार | १०:०७:०५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सानिया र शोएबको डिभोर्स, गोपनीयताको सम्मान गर्न परिवारको आग्रह

काठमाडौं । भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकले डिभोर्स गरेका छन् ।

४१ वर्षीय मलिकले शनिबार अभिनेत्री सना जावेदसँगको विवाह तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसको भोलि पल्ट नै सानियाको परिवारले डिभोर्सकाे जानकारी गराएको हो ।

यी दुई खेलाडीको डिभोर्सको खबर खेलकुद जगतका लागि चर्चाको विषय बनेको छ । भारतीय टेनिस स्टार सानियाले गत वर्ष मात्र २० वर्षको करिअरलाई ब्रेक दिएकी थिइन् । सानियाले डबल्स र मिक्स डबल्समा कूल ६ ग्रान्डस्लाम उपाधि जितेकी छन्  ।

अप्रिल २०१०, हैदरावादमा सानिया शोएबसँग विवाह बन्धनमा बाँधेकी थिइन् । शोएबले केही समयअघि मात्र ३७ वर्षीय सानीयालाई इनस्टाग्राममा अनफलो गरेका थिए । त्यसदिन देखि नै यी दुईबीचको सम्बन्धका बारेमा चर्चा चुलिएको थियो । यी दुईको पाँच वर्षीय एक छोरा छन्, जो अहिले सानियासँगै बस्दै आएका छन् ।

शोएबको यो तेस्रो विवाह हो । सानियाअघि शोएबले आयशा सिद्दिकीसँग विवाह गरेका थिए । पाकिस्तानी अभिनेत्री सनाको पनि यो दोस्रो विवाह हो । सनाले २०२० मा गायक उमैर जैसवालसँग विवाह गरेकी थिइन् ।

सानियाले केही दिनअघि मात्र इनस्टाग्राममार्फत वैवाहिक जीवनका कठिनाइहरु सार्वजिनक गरेकी थिइन् ।

‘विवाह र डिभोर्स एकदमै कठिन छ । सही मानिस छान्नु कठिन छ । फिट रहनु कठिन छ । ऋणी रहनु कठिन छ । आर्थिक रुपमा अनुशासित रहनु कठिन छ, ’ सानियाले इनस्टाग्राममा यसो भनेकी थिइन्, ‘वार्तालाप कठिन छ । जिन्दगी सजिलो छैन । तर, त्यो कठिनलाई हामीले छान्न जान्नुपर्छ ।’

‘सानियाले जहिल्यै आफ्नो व्यक्तिगत जीवनलाई  समर्थकबाट टाढा राखिन् । यद्यपि आज सानियालाई शोएबसँगको डिभोर्सका बारेमा भन्न आवश्यक छ । सानिया र शोएबको केही महिनाअघि नै डिभोर्स भएको थियो । सानिया शोएबको नयाँ सुरुआतका लागि शुभकामना दिन चाहन्छिन्, ’ सानियाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सानियाको जीवनको यो संवेदनशील समयमा, हामी समर्थकहरुलाई उसको गोपनीयताको सम्मान गर्न आग्रह गर्छौं  ।’                                                                                                                                        


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।