माघ १५, २०८२ बिहीबार | ०९:०५:३४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एसियाली खेलकुदः उसुमा दीपकलाई १३ औं स्थान, नीमा पुछारमा

काठमाडौं । चीनमा झोङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको थाउलो नानछ्वानमा पुरुषतर्फ नेपालका दीपक हमालले मंगलबार १३ औं स्थान हासिल गरेका छन् ।

साओशन गुआली स्पोर्टस सेन्टरमा सम्पन्न खेलमा दीपकले ९.६३३ स्कोर गरेका थिए । यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो । इन्डोनेसियाका हरिस होराटियस ९.७५६ स्कोरका साथ शीर्ष स्थानमा रहे ।

यसैगरी गरी महिला नानाछ्वानमा नीमा घर्ती मगर पुछारमा रहित । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.१४० स्कोर गरिन् । चीनकी ह्युयीङ्ग चेन ९.७९० स्कोरका साथ शीर्ष स्थानमा रहिन् ।

यसैगरी महिला नानदाओमा भने नीमाले आठौं स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.५६६ स्कोर गरेकी थिइन् । यसमा चीनकी ह्युयीङ्ग चेनले ९.८०० स्कोरका स्वर्ण पदक जितिन् । 

उसुमा अब नेपालकोतर्फबाट कविता थापाले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । कविताले बुधबार थाउलोको महिला जिआनशुमा भाग लिनेछिन् । 

 यसैयरी साेमबारमहिला छाङछ्वानमा सुस्मिता तामाङ आठौं स्थानमा रहिन् ।११ खेलाडी सहभागी यो स्पार्धमा उनले ९.४१० स्कोर गरेकी थिइन् ।

यसैगरी थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा अन्तिममा रहे । १८ खेलाडी सहभागी यो स्पर्धामा उनले ९.०१३ अंक स्कोर गरेका थिए। अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ स्कोर गरे  ।

आइतबार विजय सिंजालीले पुरुष थाउलो छाङछ्वानमा  सातौं स्थान हासिल गरेका थिए ।  सम्पन्न १४ खेलाडी सम्मिलित यो स्पर्धामा विजयले ९.७०३ स्कोर गरे । यसैगरी महिला ताइजियानमा सविता राई ८.७९६ स्कोरका साथ पुछारमा रहिन् ।

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपिडीको आधारमा पराजित हुँदा एलिना चौधरीको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित चुनाराे किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वार्टरफाइनलमै सिमित बन्यो ।

७० केजीको क्वार्टरफाइनलमा पदम राई लाओसका फोनह साईबोनफेंगसँग २-० ले स्तब्ध बने  ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।