चैत्र ९, २०८२ सोमबार | ०१:३४:०१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

एसियाली खेलकुदः उसुमा दीपकलाई १३ औं स्थान, नीमा पुछारमा

काठमाडौं । चीनमा झोङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको थाउलो नानछ्वानमा पुरुषतर्फ नेपालका दीपक हमालले मंगलबार १३ औं स्थान हासिल गरेका छन् ।

साओशन गुआली स्पोर्टस सेन्टरमा सम्पन्न खेलमा दीपकले ९.६३३ स्कोर गरेका थिए । यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो । इन्डोनेसियाका हरिस होराटियस ९.७५६ स्कोरका साथ शीर्ष स्थानमा रहे ।

यसैगरी गरी महिला नानाछ्वानमा नीमा घर्ती मगर पुछारमा रहित । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.१४० स्कोर गरिन् । चीनकी ह्युयीङ्ग चेन ९.७९० स्कोरका साथ शीर्ष स्थानमा रहिन् ।

यसैगरी महिला नानदाओमा भने नीमाले आठौं स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.५६६ स्कोर गरेकी थिइन् । यसमा चीनकी ह्युयीङ्ग चेनले ९.८०० स्कोरका स्वर्ण पदक जितिन् । 

उसुमा अब नेपालकोतर्फबाट कविता थापाले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । कविताले बुधबार थाउलोको महिला जिआनशुमा भाग लिनेछिन् । 

 यसैयरी साेमबारमहिला छाङछ्वानमा सुस्मिता तामाङ आठौं स्थानमा रहिन् ।११ खेलाडी सहभागी यो स्पार्धमा उनले ९.४१० स्कोर गरेकी थिइन् ।

यसैगरी थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा अन्तिममा रहे । १८ खेलाडी सहभागी यो स्पर्धामा उनले ९.०१३ अंक स्कोर गरेका थिए। अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ स्कोर गरे  ।

आइतबार विजय सिंजालीले पुरुष थाउलो छाङछ्वानमा  सातौं स्थान हासिल गरेका थिए ।  सम्पन्न १४ खेलाडी सम्मिलित यो स्पर्धामा विजयले ९.७०३ स्कोर गरे । यसैगरी महिला ताइजियानमा सविता राई ८.७९६ स्कोरका साथ पुछारमा रहिन् ।

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपिडीको आधारमा पराजित हुँदा एलिना चौधरीको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित चुनाराे किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वार्टरफाइनलमै सिमित बन्यो ।

७० केजीको क्वार्टरफाइनलमा पदम राई लाओसका फोनह साईबोनफेंगसँग २-० ले स्तब्ध बने  ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो