चैत्र ९, २०८२ सोमबार | ०८:४३:१२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

खेलाडी यात्राको शुभारम्भ

‘डिजिटल जर्नालिजम’ को फराकिलो संसारमा डुबुल्की लगाउन हतारिएकाहरूमा पहिलो प्रश्न तेर्सिने गर्छ, ‘पत्रकारिता क्षेत्रको यो विशाल भुमरीमा आफूलाई कसरी उभ्याउने, कम्तीमा पत्रकारिताको मूल्य र मान्यतालाई जोगाउँदै ?’

विधागत पत्रकारिताको एउटा पाटो खेलकुदको हकमा यो प्रश्न झन गहकिलो बन्न सक्छ ।

व्यावसायिक कर्तव्य, सत्यतथ्य, निष्पक्षजस्ता पत्रकारिताका स्थापित मान्यताहरूलाई पथप्रदर्शक मान्दै पत्रकारिता गर्नु वर्तमान समयमा जति चुनौतीपूर्ण छ, त्यो भन्दा बढी चुनौती छ त्यसमा खरो उत्रनु ।
 
यसै क्षेत्रमा जीवन सुम्पेका हामीले खेलकुद पत्रकारितालाई मूलधारको पत्रकारिताको रूप दिने उद्देश्यसहित पाइला अगाडि बढाएका छौं, ‘खेलाडी डटकम’को माध्यमबाट ।  

खेलाडी भनेकै खेलकुद, खेलाडी भनेकै खेलकुद पत्रकारिता । यी दुवै पक्षका लागि खेलाडी शब्द नै काफी छ ।  
 
खेलकुद स्वास्थ्यको पर्याय हो । यो मनोरञ्जन हो । शिक्षा हो । व्यापार हो । उद्योग हो । विज्ञान हो । देशको मुहार हो । र, अरू धेरै कुरा हो । समग्रमा भन्ने हो भने खेलकुद भनेको नै ‘खेलाडी’ हो । 

खेलकुदको यो फराकिलो स्वरुप धेरैले मनन गरेका छैनन् वा गर्न दिइएको छैन । या त गर्नुपर्नेले गर्न सकेकै छैनन् । त्यसैले त खेलकुद क्षेत्रका यी बहुआयामिक चरित्रलाई उजागर गर्ने हाम्रो प्रयास हुनेछ । 

‘खेलाडी’ ले यी सबै पक्षमा आफ्नो प्रतिविम्ब प्रस्तुत गर्नेछ । नेपाली खेलकुदमा केही मान्यताहरू स्थापित गर्ने हाम्रो पहल हुनेछ । 

जस्तै, खेलकुद पत्रकारितालाई मूलधारको पत्रकारिताको रूप दिने, खेलाडीलाई ‘वास्तविक खेलाडी’को पहिचान दिने र खेलकुदमार्फत विधागत पत्रकारिताको सुन्दर पक्ष प्रस्फुटन गर्न सघाउने ।

खेलाडी दशकौंदेखि पीडित छन् । उनीहरूका सपना चकनाचुर पार्न किञ्चित् लाज नमान्ने अधिकारप्राप्तहरूको एउटा सानो जत्था छ । खेलकुदलाई निजी स्वार्थको साधन बनाइएको छ । खेलकुदका सिधा बाटोहरू तोडमरोड गरिएको छ । सुन्दर, सुगन्धित बन्नुपर्ने क्षेत्रको मुहार कुरूप र दुर्गन्धित बनाइएको छ ।

त्यतातिर ‘खेलाडी डटकम’ ले खबरदारी गर्नेछ ।

अनि खेलकुदलाई उद्योग बनाउने, प्रत्युत्पादक होइन, उत्पादक क्षेत्र हो भन्ने भावना जागृत गराउने, खेल विज्ञानमार्फत देशको छवि उकास्ने जस्ता खेलकुदको फराकिलो परिचय स्थापित गर्ने अभियानमा ‘हैँसे’ दिने काम ‘खेलाडी’ले गर्नेछ । 

‘खेलाडी’ले नगर्ने भन्ने कुराचाहिँ एकमात्र हुनेछ, ‘अभाव, दबाब र प्रभावको पत्रकारिता ।’

‘खेलाडी डटकम’ बिल्कुल फरक वा बेग्लै पत्रकारिताको नमुना बन्नका लागि आएको होइन, यसले त सरल पत्रकारितालाई बढावा दिन हो । 

हामी आफू लेख्ने र पाठकले पढ्ने एकांकी पत्रकारितामा विश्वास गर्दैनौं । ‘खेलाडी डटकम’ आमखेलप्रेमी, दर्शक, खेलाडी, पाठक सबैको साझा फोरम बन्नेछ । सबैले सूचनाको यो ‘प्लेटफर्म’ मा आफूलाई बराबरको हिस्सेदार ठानौं ।
 
सूचना प्रविधिको नयाँ संसारमा पाठक, श्रोताहरूले सहज रूपमा खोज्ने समाचारका लागि ‘खेलाडी डटकम’ पढ्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ अनि हेर्न । 

आधुनिक पत्रकारिताका सबै आयामहरू सरल तर प्रभावकारी ढंगमा पस्किने प्रयास गर्नेछौं ।

पाइला अघि बढिसकेको छ । विश्वास छ, तपाईं सबैको साथमा यसले रफ्तार लिँदै जानेछ । 

आउनुहोस्, सँगै मिली खेलकुद पत्रकारितामार्फत खेलकुद क्षेत्रको मुहार हँसिलो बनाऔं । 

‘सबै खेल, सधैँ खेल'


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो