चैत्र १६, २०८२ सोमबार | ०१:३५:३२
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

बागमती प्रदेश वृहत खेलकुद महोत्सव हुने


काठमाडौं, (खेलाडी)- बागमती प्रदेश खेलकुद विकास परिषद्ले वृहत प्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा पछिल्लो दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको वृहत खेल महोत्सव आगामी पुष देखि माघसम्म हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 

यहि असोज १० गते प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा प्रदेश खेलकुद आयोजनाको घोषणा गरिएको हो ।

प्रदेश खेलकुद विकास परिषद्को विनियोजित २ करोड र थप  ४ करोड ५४ लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरि जम्मा ६ करोड ५४ लाखको अनुमानित लागतमा प्रदेश खेलकुद गरिन लागेको हो । 

स्थानीय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने प्रदेश खेलकुदमा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।

प्रदेश खेलकुदका लागि स्थानीय तहले प्रतियोगिता वा छनोट मार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाख रुपैयाँको दरले अनुदान प्राप्त गर्नेछन् । 

जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेता खेलाडीलाई खेलाइने छ भने समूह खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ ।

आगामी फागुन देखि हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागि राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रिकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।

करिव एक महिना चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि आयोजना गरिने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए ।

यसैगरी प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरको दोस्रो हप्ता सम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

आगामी कार्तिक १३ गते  बिश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मंसिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना गरिनेछ ।

परिषद्ले यसै वर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक 'ए' डिभिजन लिगमा लागत साझेदारी गर्न एक करोड रुपैयाँको सम्झौता गरिसकेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो