माघ १६, २०८२ शुक्रबार | २३:१०:१८
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

बागमती प्रदेश वृहत खेलकुद महोत्सव हुने


काठमाडौं, (खेलाडी)- बागमती प्रदेश खेलकुद विकास परिषद्ले वृहत प्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा पछिल्लो दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको वृहत खेल महोत्सव आगामी पुष देखि माघसम्म हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 

यहि असोज १० गते प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा प्रदेश खेलकुद आयोजनाको घोषणा गरिएको हो ।

प्रदेश खेलकुद विकास परिषद्को विनियोजित २ करोड र थप  ४ करोड ५४ लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरि जम्मा ६ करोड ५४ लाखको अनुमानित लागतमा प्रदेश खेलकुद गरिन लागेको हो । 

स्थानीय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने प्रदेश खेलकुदमा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।

प्रदेश खेलकुदका लागि स्थानीय तहले प्रतियोगिता वा छनोट मार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाख रुपैयाँको दरले अनुदान प्राप्त गर्नेछन् । 

जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेता खेलाडीलाई खेलाइने छ भने समूह खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ ।

आगामी फागुन देखि हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागि राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रिकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।

करिव एक महिना चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि आयोजना गरिने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए ।

यसैगरी प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरको दोस्रो हप्ता सम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

आगामी कार्तिक १३ गते  बिश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मंसिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना गरिनेछ ।

परिषद्ले यसै वर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक 'ए' डिभिजन लिगमा लागत साझेदारी गर्न एक करोड रुपैयाँको सम्झौता गरिसकेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।