चैत्र ७, २०८२ शनिबार | १४:४६:०९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्राप्त गरे पहिलो चरणको रकम

 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्  (राखेप) ले   गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

व्यक्तिगततर्फ तीन सय चार स्वर्ण पदक विजेतालाई २५ हजारका दरले ७६ लाख तथा समूहगततर्फ पाँच सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले  ८० लाख ४० हजार गरी जम्मा एक करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा प्राविधिक कारणले ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो ।

खेलाडीहरुलाई आ-आफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक मार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाइएको छ  ।

बाँकी बैंकहरुबाट पठाउनु पर्ने खेलाडीको पुरस्कार रुजु गरी पठाउने प्रकृयामा छ । राखेपले बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई पहिलो पटक सम्बन्धित खेलाडीको बैंक खातामा नगद पुरस्कार पठाएको हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो