चैत्र १४, २०८२ शनिबार | ०१:२६:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सुरुभयो सुटिङ

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङको पहिलो दिन शुक्रबार पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुजन राना मगरले ६०८.१ अंक जोडेका छन् । बागमतीका कृष्णबहादुर घोरासैनीले ५८७.२ तथा सुदूरपश्चिमका सुनिल चन्दले ५६८.८ अंक जोडे ।

सोही स्पर्धाको महिलामा आर्मीकी कल्पना परियारले ६०५, प्रहरीकी फूलमाया क्याप्छाकीले ६०२.३ र मधेशकी खुश्बु चौधरीले ५४३.३ अंक जोडे ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका आदित्य खड्काले ५३९ र प्रहरीका मानबहादुर घलेले ५३९ तथा बागमतीका सुदन खड्काले ५३१ अंक जोडे ।

उक्त स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ५३०, गण्डकीकी निस्ता पौडेलले ५१३ र बागमतीकी रुविना श्रेष्ठले ५१२ अंकको प्रदर्शन गरे ।

पुरुष/महिलाको राइफलमा ६ सय ५४ तथा पेस्तोलमा ६ सय पूर्णाङकमा प्रतिस्पर्धा भइरहेको छ । राइफलको पुरुषमा २६ र महिलामा २५ तथा पेस्तोलको पुरुषमा २७ र महिलामा २४ खेलाडी सहभागी छन् । सबैको प्रदर्शनपछि फाइनल पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्ने छ ।

प्रतियोगितामा टिम र मिक्स स्पर्धा पनि समावेश छ । व्यक्तिगत स्पर्धामा गरेको प्रदर्शनकै आधारमा टिम र मिक्स स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेको चयन गरिने नेपाल सुटिङ संघले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो