चैत्र ७, २०८२ शनिबार | ०२:२५:४६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

राजवंशी तेस्रो पटक एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी तेस्रो पटक एसियाली खेलकुद पत्रकार महासंघ(एआइपिएस एसिया) को कोषाध्यक्षमा निर्वाचित भएका छन् । 

मंगलबार इटलीको रोममा जारी पत्रकार महासंघ (एआइपीएस) को ८४ औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्। 

कोषाध्यक्षको अर्का प्रत्यासी  मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समयमा नाम फिर्ता लिएपछि राजवंशी  निर्विरोध भएका हुन्। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष राजवंशीको कोषाध्यक्षको रुपमा यो तेस्रो कार्यकाल हो। यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए। त्यसपछि अर्को वर्ष पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्धन्दीलाई पराजित गर्दै कोषाध्यक्ष भएका थिए। 

मंगलवार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीहरुले नाम फिर्ता लिएपछि १७ सदस्यिय कार्यसमिति नै निर्विरोध भएको छ। 

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यिय निर्वाचन समितिले एसियाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए। सो पदका प्रतिस्पर्धी मलेसियाका अहमद खवारी इशाले नाम फिर्ता लिएका थिए। 
त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेवियामा अदिल अल जहरानी, पाँच उपाध्यक्षहरुमा मलेसियाका खवारी इशा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भए। 

त्यसैगरी ८ सदस्यमा  केन्द्रीय  ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी शोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी निर्वाचित भए। 

सदस्यमा १५ जना प्रतिस्पर्धामा थिए। 

निर्वाचित भएपछि कोषाध्यक्ष राजवंशीले  एनएसजेएफको दरिलो साथले गर्दा एसियाली पत्रकारहरुको माझमा आफु उभिन सकेको बताएका छन्। 

नयाँ कार्यसमितिले एआइपीएस एसियाको कंग्रेस दक्षिण कोरियाको सोलमा अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो