माघ १५, २०८२ बिहीबार | १३:३६:०७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राजवंशी तेस्रो पटक एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी तेस्रो पटक एसियाली खेलकुद पत्रकार महासंघ(एआइपिएस एसिया) को कोषाध्यक्षमा निर्वाचित भएका छन् । 

मंगलबार इटलीको रोममा जारी पत्रकार महासंघ (एआइपीएस) को ८४ औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्। 

कोषाध्यक्षको अर्का प्रत्यासी  मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समयमा नाम फिर्ता लिएपछि राजवंशी  निर्विरोध भएका हुन्। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष राजवंशीको कोषाध्यक्षको रुपमा यो तेस्रो कार्यकाल हो। यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए। त्यसपछि अर्को वर्ष पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्धन्दीलाई पराजित गर्दै कोषाध्यक्ष भएका थिए। 

मंगलवार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीहरुले नाम फिर्ता लिएपछि १७ सदस्यिय कार्यसमिति नै निर्विरोध भएको छ। 

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यिय निर्वाचन समितिले एसियाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए। सो पदका प्रतिस्पर्धी मलेसियाका अहमद खवारी इशाले नाम फिर्ता लिएका थिए। 
त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेवियामा अदिल अल जहरानी, पाँच उपाध्यक्षहरुमा मलेसियाका खवारी इशा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भए। 

त्यसैगरी ८ सदस्यमा  केन्द्रीय  ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी शोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी निर्वाचित भए। 

सदस्यमा १५ जना प्रतिस्पर्धामा थिए। 

निर्वाचित भएपछि कोषाध्यक्ष राजवंशीले  एनएसजेएफको दरिलो साथले गर्दा एसियाली पत्रकारहरुको माझमा आफु उभिन सकेको बताएका छन्। 

नयाँ कार्यसमितिले एआइपीएस एसियाको कंग्रेस दक्षिण कोरियाको सोलमा अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।