चैत्र १३, २०८२ शुक्रबार | ११:१८:२३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

पिपल्स च्वाइस अवार्डमा ई–सेवाको साथ निरन्तर

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको भोटिङ पार्टनरका रुपमा विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवा रहने भएको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले यसपटक पनि इसेवासँग प्रायोजक सम्झौता भएको हो । आइतबार भएको सम्झौता पत्रमा मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र ई–सेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरे ।

ई–सेवाका चिफ म्यानेजर आशिष गौतमले नेपाली खेल क्षेत्रको प्रतिष्ठित अवार्डमा जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए ।

‘हामी नेपाली खेलकुदसँग सधै नजिक रहदै आएका छौं । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा थप खुशी छौं,’ ई–सेवाका चिफ म्यानेजर गौतमले भने, ‘एनएसजेएफसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन हामी प्रतिबद्ध छौं ।’

यससँगै अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल खेलाडीलाई समर्थकले ई–सेवामार्फत मत दिने पाउनेछन् । मञ्चको ई–सेवासँग दोस्रो सहकार्य हो ।

मञ्चको छनोट समितीले पिपल्स च्वाइज विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत आठ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो