चैत्र ७, २०८२ शनिबार | १४:५३:५४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

बागमतीकी शिक्षा र सेनाकी सितालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण पदक जितेकी छन्  ।
नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

एपिएफकी शुक घिसिङ र सेनाकी मनीषा श्रेष्ठले कास्य जिते । यस्तै शनिबार नै भएको महिला इपीतर्फ सेनाकी सिता पाठकले स्वर्ण जितिन् । फाइनलमा सिताले एपिएफकी जानुका स्याङतानलाई हराइन् । सिताले १५–१२ अकं प्रतिस्पर्धात्मक जित निकाल्दै स्वर्ण पदक कब्जा गरिन् । तेस्रो स्थान हासिल गरेका एपिएफबाट अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, इपी, फ्वाइल गरि तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं वीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पादनसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै सिंहले वीर गणेशमान सिंहको साहस, त्याग, तपश्या र अनुशासनलाई जनमानसमा ताजा गराई रहन साहस र अनुशासनको पर्याय खेलकुद पनि एक माध्यम रहेको बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योती राणा, चतुरानन्द राज वैद्य, अशोक रत्न वज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष वज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो