माघ १८, २०८२ आइतबार | २३:५८:२९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

बागमतीकी शिक्षा र सेनाकी सितालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण पदक जितेकी छन्  ।
नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

एपिएफकी शुक घिसिङ र सेनाकी मनीषा श्रेष्ठले कास्य जिते । यस्तै शनिबार नै भएको महिला इपीतर्फ सेनाकी सिता पाठकले स्वर्ण जितिन् । फाइनलमा सिताले एपिएफकी जानुका स्याङतानलाई हराइन् । सिताले १५–१२ अकं प्रतिस्पर्धात्मक जित निकाल्दै स्वर्ण पदक कब्जा गरिन् । तेस्रो स्थान हासिल गरेका एपिएफबाट अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, इपी, फ्वाइल गरि तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं वीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पादनसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै सिंहले वीर गणेशमान सिंहको साहस, त्याग, तपश्या र अनुशासनलाई जनमानसमा ताजा गराई रहन साहस र अनुशासनको पर्याय खेलकुद पनि एक माध्यम रहेको बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योती राणा, चतुरानन्द राज वैद्य, अशोक रत्न वज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष वज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।