माघ १६, २०८२ शुक्रबार | १८:१९:१२
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

महासंघ बागमतीमा कार्कीको नेतृत्व

काठमाडौं । सिताराम कार्कीको अध्यतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी चयन भएको छ । खेलकुद महासंघ नेकपा एमालेको खेलकुद हेर्ने भ्रातृ संगठन हो ।

प्रदेश राजधानी हेटौंडामा शनिबार सम्पन्न पहिलो महाधिवेसनले भलिबलका प्रशिक्षक तथा रेफ्री कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको महासंघका केन्द्रिय प्रचार विभाग प्रमूख एवं प्रवक्ता उमेश केसीले जानकारी गराएका छन् ।

साधारणसभाले नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाललाई उपाध्यक्षमा निर्वाचित गर्दा मकवानपुरका जनरल श्रेष्ठ सचिव चुनिए । यसैगरी धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिव तथा मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रिय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथ ग्रहण गराए ।

सो अवसरमा बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए । बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्तगतिमा भएकोमा दुःख व्यक्त गर्दै कामको गति बढाउनुपर्नेमा जोड दिए ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले आ-आफ्ना विचार राखेका थिए ।

बागमती प्रदेशमा रहेका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा कराँते तथा तेक्वान्दोका खेलाडीले खेलकौशल प्रस्तुत गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।