चैत्र १२, २०८२ बिहीबार | १६:५४:४८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

महासंघ बागमतीमा कार्कीको नेतृत्व

काठमाडौं । सिताराम कार्कीको अध्यतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी चयन भएको छ । खेलकुद महासंघ नेकपा एमालेको खेलकुद हेर्ने भ्रातृ संगठन हो ।

प्रदेश राजधानी हेटौंडामा शनिबार सम्पन्न पहिलो महाधिवेसनले भलिबलका प्रशिक्षक तथा रेफ्री कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको महासंघका केन्द्रिय प्रचार विभाग प्रमूख एवं प्रवक्ता उमेश केसीले जानकारी गराएका छन् ।

साधारणसभाले नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाललाई उपाध्यक्षमा निर्वाचित गर्दा मकवानपुरका जनरल श्रेष्ठ सचिव चुनिए । यसैगरी धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिव तथा मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रिय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथ ग्रहण गराए ।

सो अवसरमा बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए । बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्तगतिमा भएकोमा दुःख व्यक्त गर्दै कामको गति बढाउनुपर्नेमा जोड दिए ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले आ-आफ्ना विचार राखेका थिए ।

बागमती प्रदेशमा रहेका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा कराँते तथा तेक्वान्दोका खेलाडीले खेलकौशल प्रस्तुत गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो