चैत्र १२, २०८२ बिहीबार | १५:२०:१०
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

हामी आजदेखि तेस्रो वर्षमा

आज भदौ ८ । हाम्रा लागि विशेष खुसीको दिन । खुसीभन्दा पनि जिम्मेवारी बोध गराउने दिन । यही दिन त हो, दुई वर्षअघि खेलाडी डटकमको जन्म भएको ।

आजबाट हामी तेस्रो वर्षमा प्रवेश गरेका छौं । पक्कै हामी खुसी छौं, तर ठीक यही बेला गम्भीर जिम्मेवारी पनि महसुस गरिरहेका छौं । हामीले आफैले आफैंलाई सोध्नुपर्ने प्रश्न हो, के हामीले सोचे जस्तो अनि भने जस्तो गर्न सकेका छौं त ? कि हामी पनि अनलाइनको हुलमा एक अर्को अनलाइन पोर्टलमात्र भएका छौं ?

यसको उत्तर दिने बढीभन्दा बढी जिम्मेवारी भनेको पाठकको हो, त्यो पनि नेपाली खेलकुद भनेपछि हुरुक्कै हुने खेलकुदकर्मीको हो । हामी पक्कै केही फरक भने छौं । किनभने हामी खेलकुदमा केन्द्रित अनलाइन हौं ।

त्यस अर्थमा हामी नेपाली खेलकुदलाई धेरै माया गर्छौं । नेपाली खेलकुदलाई हाम्रो आफ्नो ठान्छौं । फेरि हाम्रा पाठक पनि त्यस्तै हुन्, नेपाली खेलकुदलाई आफ्नो भन्ने । नेपाली खेलकुदमा त्यस्ता धेरै छन्, जसले यो क्षेत्रबाट केही लिन्छ, लिँदै लिँदैन पनि । तर, दिन भने धेरै दिन्छ ।

हामीलाई आजको दिन यस्तै नेपाली खेलकुदप्रेमीको माया, भरोसा र सहयोग चाहिन्छ । यो सम्बन्ध आउने दिनमा पनि कायम रहिरहने वचन चाहिन्छ । हामी पनि वचन दिन चाहन्छौं, अझ बढी परिस्कृत हुँदै जाने छौं । सच्चिने छौं । सच्याउने छौं ।

हामीलाई हाम्रो धरातल थाहा छ । अनि यसमै टिकेर नेपाली खेलकुदलाई सधैं झक्झकाइरहने छौं । मार्गनिर्देश गरिरहनेछौं । हामी आफ्नो पत्रकारिताको कर्तव्यबाट कहिले पनि पछाडि हट्ने छैनौं । अझ प्रष्टसँग भन्दा व्यावसायिकताको दौडमा वास्तविक खेलकुद पत्रकारिताका मुल्य मान्यतालाई लिलाम हुन दिने छैनौं ।

शनिबारीय विशेष ‘शनिबारको दिन’ खेलाडी डटकमको फरक सम्पत्ति हो । त्यसलाई अझ माँझेर प्रस्तुत गर्ने प्रयास गर्नेछौं । नियमित समाचारलाई अझ सही र सटिक ढंगले पस्कने प्रयास सधैं गर्नेछौं । त्योभन्दा पनि ठूलो, आधुनिक सञ्चारमाध्यमका नयाँ र फरक प्रस्तुतिमा आफूलाई अभ्यस्त पार्ने कोसिस पनि गर्नेछौं । पडकास्टदेखि लिएर भिडियो प्रस्तुतिहरूमा । अनि नेपाली खेलकुदको अभिलेखीकरणको कामलाई साँच्चै जुर्मुराएर स्थापित गर्नेछौं ।

नेपाली सञ्चारमाध्यमका लागि अझै पनि गाह्रो र अप्ठ्यारा दिन चलिरहेका छन् । यसबीच पनि हामी आफ्नो काममा कन्ज्युस्याइँ गर्ने छैनौं । हाम्रो काम मूल्यांकन गरेर कुनै न कुनै रूपमा सहयोग गर्ने हातहरू दिल खोलेर अगाडि आउने पूरापूर विश्वास छँदै छ । अन्त्यमा, दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा हामी आम पाठक, खेलकुदकर्मी, शुभेच्छुक, विज्ञापनदाता, पत्रकारसँगै नेपाली खेलकुदसँग नै खुसीको क्षण साट्न चाहन्छौं अनि शुभकामना भन्न चाहन्छौं ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो