चैत्र ७, २०८२ शनिबार | ०७:४३:५६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपाल प्रहरी च्याम्पियन

महिला ६८ केजीमाथीमा पदक विजेतालगायत ।

काठमाडौं । विभागीय टोली नेपाल प्रहरी चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा प्रहरीले १२ स्वर्ण र एक रजत जित्यो । च्याम्पियन बनेको प्रहरीले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

दोस्रो भएको एपिएफले तीन स्वर्ण, दुई रजत र ६ कांस्य पदक जित्यो । एपिएफले ५० हजार हात पार्यो। दुई स्वर्ण, तीन रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले २५ हजार रुपैयाँ पायो ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ प्रहरीकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुष तथा  कर्णालीकी प्रियंका शाही महिलातर्फ उदयीमान खेलाडी बने ।‌ उनीहरूलाई अन्तराष्ट्रियस्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आइतबार महिला ६८ केजीमाथीमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरुङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन् । गण्डकीकी सुनिता थापाले र्कास्य पदक हात पारिन्।

महिला ६८ केजीमुनिको फाइनलमा प्रहरीक रोजिता ढुंगेलले आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा हराइन् । एपिएफकी विनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कांस्य पदक पदक प्राप्त गरे।

महिला ५० केजीमा प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२-२ को सहज स्कोरले पराजित गर्दै स्वर्ण पदक चुमिन् । एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरुष ६० केजीमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका राकेश लामालाई ९(१ को स्कोरमा माथ दिए। बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरुङले कांस्य पदक जिते  ।

पुरुष ८४ केजीमाथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९-० ले पराजित गर्दै स्वर्ण जिते । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कांस्य पदक प्राप्त गरे।

प्रतियोगितामा सात  प्रदेश र ३ विभागीयका गरि २१० खेलाडीको सहभागीता थियो । नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा १७ स्पर्धा समावेश थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो