फाल्गुन २५, २०८२ सोमबार | १२:१३:३७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

रजत पदक विजेता एरिका स्वदेश फर्कँदै

काठमाडौं । २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथि रजत पदक जितेकी एरिका गुरुङसहित नेपाली टिम आज (मंगलबार) स्वदेश फर्कँदै छ । टोली बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दैछ ।  

चीनको हाङझावस्थित स्पोर्टस सेन्टर जिम्न्याजिममा आइतबार सम्पन्न फाइनलमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित हुँदा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी थिइन् ।

एसियाली सिनियर करातेमा नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघिका सबै संस्करणमा नेपाल पदकविहिन थियो ।

एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गरिन् ।  क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबीचको खेल १–१ को बराबरीमा टुंगियो । पहिलो अंक एरिकाले बटुलेका कारण ‘रेफ्री’ निर्णयमा एरिका नै विजयी भएकी थिइन् । सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउदै रजत पदक पक्का गरेकी थिइन् ।

एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।  

सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||