चैत्र १५, २०८२ आइतबार | ०६:३१:५४
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

एट्लेटिको मड्रिड बाहिरियो, पोर्टो अन्तिम १६ मा

मड्रिड । यानिक कारास्कोले अन्तिम मिनेटमा प्राप्त पेनाल्टीको अवसर गुमाएसँगै एट्लेटिको मड्रिडको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित भएको छ ।

 बुधबार सम्पन्न समूह चरणको पाँचौ खेलमा एट्लेटिको बायर लिभरकुसनसँग २-२ को बराबरीमा रोकियो ।

समूह बी बाट समूह चरण पार गर्ने सम्भावना जीवित राख्न एट्लेटिको मड्रिडलाई बायर लिभरकुसनविरुद्ध जित्नै पर्ने दबाब थियो ।

नवौं मिनेटमा मौसा डियावेले गरेको गोलमा बायर लिभरकुशनले अग्रता लिएको थियो । २२औं मिनेटमा कारास्कोले एट्लेटिकोलाई खेलमा फर्काएका थिए ।

२९औं मिनेटमा कालुम हडसन ओडोईले पुनः बायर लिभरकुशनलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा रोड्रिडो डी पाउलले एट्लेटिकोलाई खेलमा फर्काएका थिए । 

इन्जुरी समयको नवौं मिनेटमा कारास्कोले पेनाल्टीको अवसर गुमाएका थिए । उनको प्रहार लुकास हार्डेकीले विफल पारेका थिए ।

पाँच खेलमा १० अंक जोडेको क्लब ब्रुज समूह बी को शीर्ष स्थानमा छ । समान खेलमा नौ अंक जोडेको एफसी पोर्टो दोस्रो स्थानमा छ । यस समूहबाटै क्लब ब्रुजसँगै एफसी पोर्टो अन्तिम १६ मा प्रवेश गरेको छ ।

तेस्रो स्थानको एट्लेटिकोको भने पाँच खेलमा पाँच र चौथो स्थानको बायर लिभरकुसनको समान खेलमा चार अंक छ ।

समूह बी को अर्को खेलमा एफसी पोर्टोले अन्तिम १६ को टिकट काट्ने क्रममा क्लब ब्रुजलाई ४-० ले निराश पार्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो