चैत्र १४, २०८२ शनिबार | ०६:३६:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पहिलो हाफमा गरेको एक गल्ती महंगो बन्योेः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाली यु १७ टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा गरेको एक गल्ती महंगो साबित हुँदा थाइल्यान्डलाई नतिजा सुम्पिनु परेको बताएका छन् ।

भियतनाममा जारी एएफसी यु १७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न समूह एफको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ३-० को नतिजा सुम्पिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो ।

‘हामीले बलियो टोली थाइल्यान्डविरुद्ध राम्रो सुरुआत गरेका थियौ,’ श्रेष्ठले भने, ‘तर पहिलो हाफमा गोलकिपरले गरेको एक गल्तीमा हामीले गोल खायौ । त्यो नै खेल हार्नुको प्रमुख कारण बन्यो । दोस्रो हाफमा हामीले आफ्नो स्वभाविक खेल खेल्नु भन्दा पनि गोल फर्काउनमै केन्द्रित हुँदा खेल झनै बिग्रियो । अगामी खेलमा आज गरेको गल्तीमा सुधार गर्दै सुखद नतिजा ल्याउनेमा आशाबादी छौ ।’

श्रेष्ठले कप्तान प्रशान्त लक्ष्यम घाइते हुँदै मैदानबाट बाहिरिए पनि आगामी खेलमा मैदान उत्रन फिट रहेको बताए । 
उनले रेफ्रीको निर्णयप्रति भने असन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘रेफ्रीले थाइल्यान्डको पक्षमा निर्णय दिइरहे । पहिलो हाफमा थाइल्यान्डका खेलाडीले खराब फाउल गरे पनि ती खेलाडीलाई रातो कार्डको दर्शन गराइएन,’ श्रेष्ठले भने, ‘समग्रमा रेफ्रीको निर्णय सन्तोषजनक रहेन ।’

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेइको सामना गर्नेछ । 

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेताका साथै उत्कृष्ट ६ उपविजेताले सन् २०२३ को यु १७ एसिया कपको टिकट काट्नेछ । 

यता थाइल्यान्डका प्रशिक्षक फिपोप ओन मोले नेपाली खेलाडी प्राबिधिक रुपमा बलियो रहेको बताए ।

‘नेपालले आज तिब्र गतीमा खेल्यो । उनीहरुको रक्षापक्ति पनि राम्रो छ’, मोले भने , ‘हामीले आज काउन्टर अट्याकको रणनिती लिएका थियौ र त्यो सफल भयो । नेपाली खेलाडी प्राबिधिक रुपमा अब्बल छन् ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो