माघ ६, २०८२ मंगलबार | १२:०८:२२
अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला

पहिलो हाफमा गरेको एक गल्ती महंगो बन्योेः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाली यु १७ टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा गरेको एक गल्ती महंगो साबित हुँदा थाइल्यान्डलाई नतिजा सुम्पिनु परेको बताएका छन् ।

भियतनाममा जारी एएफसी यु १७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न समूह एफको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ३-० को नतिजा सुम्पिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो ।

‘हामीले बलियो टोली थाइल्यान्डविरुद्ध राम्रो सुरुआत गरेका थियौ,’ श्रेष्ठले भने, ‘तर पहिलो हाफमा गोलकिपरले गरेको एक गल्तीमा हामीले गोल खायौ । त्यो नै खेल हार्नुको प्रमुख कारण बन्यो । दोस्रो हाफमा हामीले आफ्नो स्वभाविक खेल खेल्नु भन्दा पनि गोल फर्काउनमै केन्द्रित हुँदा खेल झनै बिग्रियो । अगामी खेलमा आज गरेको गल्तीमा सुधार गर्दै सुखद नतिजा ल्याउनेमा आशाबादी छौ ।’

श्रेष्ठले कप्तान प्रशान्त लक्ष्यम घाइते हुँदै मैदानबाट बाहिरिए पनि आगामी खेलमा मैदान उत्रन फिट रहेको बताए । 
उनले रेफ्रीको निर्णयप्रति भने असन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘रेफ्रीले थाइल्यान्डको पक्षमा निर्णय दिइरहे । पहिलो हाफमा थाइल्यान्डका खेलाडीले खराब फाउल गरे पनि ती खेलाडीलाई रातो कार्डको दर्शन गराइएन,’ श्रेष्ठले भने, ‘समग्रमा रेफ्रीको निर्णय सन्तोषजनक रहेन ।’

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेइको सामना गर्नेछ । 

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेताका साथै उत्कृष्ट ६ उपविजेताले सन् २०२३ को यु १७ एसिया कपको टिकट काट्नेछ । 

यता थाइल्यान्डका प्रशिक्षक फिपोप ओन मोले नेपाली खेलाडी प्राबिधिक रुपमा बलियो रहेको बताए ।

‘नेपालले आज तिब्र गतीमा खेल्यो । उनीहरुको रक्षापक्ति पनि राम्रो छ’, मोले भने , ‘हामीले आज काउन्टर अट्याकको रणनिती लिएका थियौ र त्यो सफल भयो । नेपाली खेलाडी प्राबिधिक रुपमा अब्बल छन् ।’

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate