माघ १६, २०८२ शुक्रबार | ०२:३६:५९
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा

काठमाडौं । बाँकी रहेका दुई सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

यद्यपि, बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारण सभाअन्तर्गत सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका छन् । विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

यसअघि असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का, चार उपाध्यक्षहरु– दीर्घ बहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टिका लामा, अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए । मञ्चमा राखिएको पानस समेत हटाएर अस्तव्यस्त रुपमा कार्यक्रम सुरु गरिएको भन्दै विरोध समेत भएको थियो । संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले ‘तीन प्रकारका विषयसूची भयो’ भनेर विरोध गरेका थिए ।

यद्यपि, चुनावमा कुल ८९ मत खसेको निर्वाचन समितिले बताएको छ । मताधिकार प्राप्त ४८ मध्ये ४७ जिल्ला, ए, बी र सी डिभिजन लिगका क्रमश १४, ११ र ९ क्लबहरुले मतदान गरेका छन् । यस्तै, महिला, रेफ्री, फुटबल खेलाडी र प्रशिक्षक संघसँगै राष्ट्रिय लिगमा छनोट भएर चार वर्षदेखि खेल्न नपाएका चार क्लबले पनि मतदान गरेका छन् ।

यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा ८७ मत मात्रै खसेको थियो । सिरहा र सिन्धुली जिल्लाको चुनावलाई एन्फाले मान्यता नदिँदा ती दुई जिल्ला र भक्तपुर मताधिकारबाट वञ्चित भएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।