चैत्र ७, २०८२ शनिबार | ११:२५:३१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

गणेश थापालाई फसाउने षड्यन्त्रको शिकार भयौं: सागर थापा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्व कप्तान सागर थापाले गणेश थापालाई फसाउने षडयन्त्रमा आफू परेको दाबी गरेका छन् ।

खेल मिलेमतोका कारण एएफसीबाट आजिवन प्रतिबन्धमा परेका सागरले विश्व लिम्बुसँगको पोडकास्टमा बोल्दै थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापालाई फसाउन रचिएको षड्यन्त्रको शिकार आफूसहित पाँच खेलाडी भएको बताए ।

‘विप्लव गौतम भन्ने हो क्या मान्छे चाहीँ, वहाँहरुले मिलेर चाहीँ एकदमै नराम्रो गर्नुभएको छ क्या हामीलाई,’ सागरले भनेका छन्, ‘गणेश थापालाई फसाऔं, भन्ने हिसाबमा... जस्तै गणेश थापालाई फिफाले सस्पेन्ड गरिसकेको थियो– त्यो समयमा, मलाई चाहीँ के भन्न लगाउनु हुन्थ्यो भने म्याच फिक्सिङ चाहीँ गणेश थापाले तिमीलाई भन्थ्यो अनि तिमीले म्याच फिक्सिङ गर्थ्यौ भन्देऊ भनेर भन्न लगाएको थियो क्या ।’

सागरसँगै अन्जान केसी, रितेस थापा, सन्दीप राई, विकास सिंह क्षेत्रीलाई खेल मिलेमतो गरेको भन्दै एएफसीले फुटबलबाट आजिवन प्रतिबन्ध लगाएको छ ।

‘सर्बेन्द्र खनालले मलाई त्यसो भन्नु भनेर लगाएको थियो,’ सागरले पोडकास्टमा भनेका छन्, ‘मैले चाहीँ जुन कुरा भएकै छैन, दाईले मलाई कहिल्यै भनेकै छैन । त्यो म भन्न सक्दिन भनेर भनेको थिएँ, वहाँलाई ।’

‘त्यसो भए तिमी नछुट्ने भनेर आफूलाई प्रश्न गर्दा मैले गरेको छैन भने म छुटीहाल्छु दाई भनेको थिएँ,’ उनले भनेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो