ब्रसेल्स । बेल्जियमका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले टिमका मिडफिल्डर केभिन डी ब्रुयना विश्वकै उत्कृष्ट ‘प्ले मेकर’ भएको बताएका छन् ।
बेल्जियमले बिहीबार वेल्समाथि २–१ ले जित निकाल्दा म्यानचेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनाले एक गोल र एक असिस्ट गरेका थिए । यस्तै, डी ब्रुयनाले दोस्रो हाफमा गरेको एक प्रहार पोस्टमा लागेको थियो ।
‘म सबै फुटबल समर्थकहरुलाई सन्देश दिन चाहन्छु, डी ब्रुयनाको खेललाई कहिल्यै पनि हल्का रुपमा नलिनु । मेरो लागि उनी विश्वकै उत्कृष्ट प्ले मेकर हुन्,’ वेल्ससँगको असाधारण प्रदर्शनपछि प्रशिक्षक मार्टिनेजले भने ।
सिटीबाट प्रिमियर लिगमा डी ब्रुयनाले यो सिजन ६ असिस्ट गरेका छन् । डी ब्रुयना अक्टोबरमा घोषणा हुने बालन डी’अरको मनोनयमा पनि परेका छन् । यसअघि सन् २०२१ मा उनी बालन डी’अरको आठौं भएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
