चैत्र १३, २०८२ शुक्रबार | ०७:२४:२०
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

बेल्जियमको फाइनल प्रवेश सम्भावना जीवितै

पेरिस । केभिन डि ब्रुयनाले एक गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएको खेलमा बेल्जियमले बिहीबार वेल्समाथि २-१ को जितसहित युइएफए नेसन्स लिगको फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ ।

१०औं मिनेटमा डी ब्रुयनाको गोलमा बेल्जियमले अग्रता लिएको थियो । ३७औं मिनेटमा मिचे बात्सोइले बेल्जियमको अग्रता दोब्बर पारेका थिए । ५०औं मिनेटमा केइफर मोरको गोलमा वेल्सले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । 

पाँच खेलमा तीन जित, एक हार र एक बराबरीको नतिजा ल्याएको बेल्जियम लिग ए ग्रुप फोर मा १० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेदरल्यान्ड्स भन्दा तीन अंक कम हो । अपराजित रहँदै आएको शीर्ष स्थानको नेदरल्यान्ड्सको समान खेलमा १३ अंक छ । 

तेस्रो स्थानको पोल्यान्डको चार र चौथो स्थानको वेल्सको एक अंक रहेको छ ।

नेदरल्यान्ड्सले भने अपराजित यात्रा कायम राख्ने क्रममा पोल्यान्डलाई २–० ले हरायो । अन्तिम खेलमा आइतबार बेल्जियमविरुद्ध बराबरीको नतिजाले पनि नेदरल्यान्ड्स फाइनल प्रवेश गर्नेछ ।

यता बेल्जियमका लागि भने फाइनल प्रवेश गर्नका लागि नेदरल्यान्ड्समाथि कम्तीमा ४-१ को जित निकाल्नु पर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो